२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

२०७७, ७ बैशाख आईतवार ०९:१७

वैशाख ७, वेइजिङ (रासस/पिटिआई) | कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । 

पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्था अनुसार वुहान क्षेत्रलाई न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको हो । 

चीनमा कम्तीमा पनि पछिल्लो १४ दिनमा कोरोनाभाइरसबाट संक्रमित कुनैपनि व्यक्ति नभेटिएका राज्य, जिल्ला तथा शहरहरुलाई कोरोना न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिने मापदण्ड राज्य सरकारले बनाएको छ । 

त्यसैगरी ५० वा सोभन्दा कम संक्रमित देखिएको ठाउँलाई मध्यम जोखिम र ५० भन्दा बढी संक्रमित भेटिएको ठाउँलाई उच्च जोखिमपूर्ण क्षेत्र मानिने मापदण्डमा उल्लेख गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको पछिल्लो विवरण अनुसार आइतबार देशभरी १६ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् ।

आइतबारसम्ममा कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या चार हजार ६३२ पुगेको आयोगले जनाएको छ । 

त्यसैगरी कुल संक्रमितको संख्या ८२ हजार ७३५ पुगेको छ भने एक हजार ४१ जनाको मात्रै अहिले उपचार भइरहेको छ । बँकी ७७ हजार ६२ जना संक्रमणमुक्त भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ