२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई कोरोना लागेको भन्दै प्रहरीलाई थुक्ने युवकलाई जेल सजाय

२०७७, १० बैशाख बुधबार ०७:५१

वैशाख १०, काठमाडौँ (एजेन्सी) | लण्डनमा एक युवकले आफूलाई कोरोना लागेको भन्दै प्रहरीलाई थुकेपछि उनलाई जेल सजाय हुने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । ब्रान्डन वालेस नाम गरेका २१ वर्षका ति युवकलाई घरेलु हिंसा गरेको र प्रहरीमाथि थुकेको आरोपमा ६ महिनाको जेल सजाय तोकिएको लण्डनको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

बुधबार एक वक्तव्यमा ती व्यक्तिले गत सोमबार एक महिलामाथि घरेलु हिंसा गरेको र उनको सम्पत्तिमा भौतिक क्षती पुर्याएको जानकारी दिइएको छ । पुलिसका अनुसार ती व्यक्तिले आफूलाई कोभिड–१९ को संक्रमण भएको भन्दै पुलिस भ्यानमा राख्ने क्रममा दुई प्रहरी अधिकारीलाई थुकेका थिए । उनलाई पछि प्रहरी र महिलामाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा चलाइएको थियो ।

ती व्यक्तिमा हिरासतमा रहँदा कुनै पनि प्रकारको कोरोनाभाइरसको लक्षण नदेखिएको उल्लेख छ । उनी मंगलबार बार्किङसाइड मजिस्ट्रेट कोर्टमा उपस्थित भएका थिए जहाँ उनलाई अपराधी ठहर गरी सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण