१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना अपडेटः युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु

१० बैशाख २०७७, बुधबार ०८:०९

वैशाख १०, जेनेभा (रासस–एपी) | विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ । यो समेत विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६८८ पुगेको छ भने कूल संक्रमितको व्यक्तिको संख्या २५ लाख ५७ हजारभन्दा माथि पुगेको छ । 

विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि संयुक्तराज्य अमेरिका र युरोपका केही मुलुकमा मानिसहरु लकडाउन खोल्नु पर्ने भन्दै विरोध प्रदर्शनमा पनि उत्रिएका छन् । 

युरोपेली मुलुकहरुमध्ये इटालीमा २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ । 

चीनको वुहानबाट शुरु भएको कोरोनामहामारीको कारण विश्वका कोरोना संक्रमितको शंख्या २५ लाख ५७ हजार ९९४ पुगेको छ । विश्वभर हालसम्म ६ लाख ९५ हजार ३५५ जना कोरोना संक्रमित भई निको भएका छन् । त्यस्तै विश्वभर मृत्यु हुनेको शंख्या १ लाख ७७ हजार ६८८ पुगेको छ । 

कोरोना संक्रमणको अवस्था:

युरोप

कुल संक्रमित शंख्या: ११,४०,१८१ जना 

निको भएकाहरु: ३,४९,०८१ जना  

मृत्यु भएकाहरु: १,०७,९२० जना 

उत्तर अमेरिका

कुल संक्रमित शंख्या: ८,८१,२३७ जना 

निको भएकाहरु: १००,४९२ जना 

मृत्यु भएकाहरु: ४८,६१३ जना

एसिया

कुल संक्रमित शंख्या: ४,१०,६६६ जना

निको भएकाहरु: १,९२,५५२ जना

मृत्यु भएकाहरु: १५,५१९ जना

दक्षिण अमेरिका

कुल संक्रमित शंख्या: ९१,५६५ जना

निको भएकाहरु: ३९,७८० जना

मृत्यु भएकाहरु: ४,३३६ जना

अफ्रिका

कुल संक्रमित शंख्या: २५,४२६ जना

निको भएकाहरु: ६,७८० जना

मृत्यु भएकाहरु: १,१९७ जना

ओसेनिया(अस्ट्रेलिया)

कुल संक्रमित शंख्या: ८,१९८ जना

निको भएकाहरु: ६,०१६ जना

मृत्यु भएकाहरु: ८८ जना 

दक्षिण एसियाली मुलुकहरु:

१. भारत

कुल संक्रमित शंख्या: २०,१७८ जना

निको भएकाहरु: ३,९७६ जना

मृत्यु भएकाहरु: ६४५ जना

२. पाकिस्तान

कुल संक्रमित शंख्या: ९,७४९ जना

निको भएकाहरु: २,१५६ जना

मृत्यु भएकाहरु: २०९ जना

३. बंगलादेश

कुल संक्रमित शंख्या: ३,३८२ जना 

निको भएकाहरु: ८७ जना 

मृत्यु भएकाहरु: ११० जना

४. अफगानिस्तान

कुल संक्रमित शंख्या: १,०९२ जना

निको भएकाहरु: १५० जना 

मृत्यु भएकाहरु: ३६ जना

५. श्रीलंका

कुल संक्रमित शंख्या: ३१० जना

निको भएकाहरु: १०२ जना 

मृत्यु भएकाहरु: ७ जना 

६. माल्दिभ्स

कुल संक्रमित शंख्या: ८६ जना

निको भएकाहरु: १६ जना 

मृत्यु भएकाहरु: छैन 

७. नेपाल

कुल संक्रमित शंख्या: ४२ जना

निको भएकाहरु: ५ जना

मृत्यु भएकाहरु: छैन

८. भूटान

कुल संक्रमित शंख्या: ६ जना 

निको भएकाहरु: २ जना 

मृत्यु भएकाहरु: छैन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल