२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना अपडेटः युरोप र अमेरिकामा १ लाख ५२ हजारभन्दा बढीको मृत्यु

२०७७, १० बैशाख बुधबार ०८:०९

वैशाख १०, जेनेभा (रासस–एपी) | विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट युरोपेली मुलुकहरु र संयुक्तराज्य अमेरिका सबैभन्दा बढी आक्रान्त बनेका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बुधबारबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ४५ हजार ३४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ७ हजार ९२० जना पुगेको छ । यो समेत विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६८८ पुगेको छ भने कूल संक्रमितको व्यक्तिको संख्या २५ लाख ५७ हजारभन्दा माथि पुगेको छ । 

विश्व स्वास्थ्य संगठन समेतका संस्था एवं विज्ञहरुले महामारी नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विधि रहेको निश्कर्षमा पुगे पनि संयुक्तराज्य अमेरिका र युरोपका केही मुलुकमा मानिसहरु लकडाउन खोल्नु पर्ने भन्दै विरोध प्रदर्शनमा पनि उत्रिएका छन् । 

युरोपेली मुलुकहरुमध्ये इटालीमा २४ हजार ६४८ जना, स्पेनमा २१ हजार २८२ जना, फ्रान्समा २० हजार ७९६, बेलायतमा १७ हजार ३३७ जना, बेल्जियममा ५ हजार ९९८ जना, जर्मनीमा ५ हजार ८६ जना, नेदरल्यान्ड्समा ३ हजार ९१६ जना, स्वीडेनमा १ हजार ७६५ जना, स्वीट्जरल्यान्डमा १ हजार ४७८ जनाको मृत्यु भएको छ । 

चीनको वुहानबाट शुरु भएको कोरोनामहामारीको कारण विश्वका कोरोना संक्रमितको शंख्या २५ लाख ५७ हजार ९९४ पुगेको छ । विश्वभर हालसम्म ६ लाख ९५ हजार ३५५ जना कोरोना संक्रमित भई निको भएका छन् । त्यस्तै विश्वभर मृत्यु हुनेको शंख्या १ लाख ७७ हजार ६८८ पुगेको छ । 

कोरोना संक्रमणको अवस्था:

युरोप

कुल संक्रमित शंख्या: ११,४०,१८१ जना 

निको भएकाहरु: ३,४९,०८१ जना  

मृत्यु भएकाहरु: १,०७,९२० जना 

उत्तर अमेरिका

कुल संक्रमित शंख्या: ८,८१,२३७ जना 

निको भएकाहरु: १००,४९२ जना 

मृत्यु भएकाहरु: ४८,६१३ जना

एसिया

कुल संक्रमित शंख्या: ४,१०,६६६ जना

निको भएकाहरु: १,९२,५५२ जना

मृत्यु भएकाहरु: १५,५१९ जना

दक्षिण अमेरिका

कुल संक्रमित शंख्या: ९१,५६५ जना

निको भएकाहरु: ३९,७८० जना

मृत्यु भएकाहरु: ४,३३६ जना

अफ्रिका

कुल संक्रमित शंख्या: २५,४२६ जना

निको भएकाहरु: ६,७८० जना

मृत्यु भएकाहरु: १,१९७ जना

ओसेनिया(अस्ट्रेलिया)

कुल संक्रमित शंख्या: ८,१९८ जना

निको भएकाहरु: ६,०१६ जना

मृत्यु भएकाहरु: ८८ जना 

दक्षिण एसियाली मुलुकहरु:

१. भारत

कुल संक्रमित शंख्या: २०,१७८ जना

निको भएकाहरु: ३,९७६ जना

मृत्यु भएकाहरु: ६४५ जना

२. पाकिस्तान

कुल संक्रमित शंख्या: ९,७४९ जना

निको भएकाहरु: २,१५६ जना

मृत्यु भएकाहरु: २०९ जना

३. बंगलादेश

कुल संक्रमित शंख्या: ३,३८२ जना 

निको भएकाहरु: ८७ जना 

मृत्यु भएकाहरु: ११० जना

४. अफगानिस्तान

कुल संक्रमित शंख्या: १,०९२ जना

निको भएकाहरु: १५० जना 

मृत्यु भएकाहरु: ३६ जना

५. श्रीलंका

कुल संक्रमित शंख्या: ३१० जना

निको भएकाहरु: १०२ जना 

मृत्यु भएकाहरु: ७ जना 

६. माल्दिभ्स

कुल संक्रमित शंख्या: ८६ जना

निको भएकाहरु: १६ जना 

मृत्यु भएकाहरु: छैन 

७. नेपाल

कुल संक्रमित शंख्या: ४२ जना

निको भएकाहरु: ५ जना

मृत्यु भएकाहरु: छैन

८. भूटान

कुल संक्रमित शंख्या: ६ जना 

निको भएकाहरु: २ जना 

मृत्यु भएकाहरु: छैन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ