१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

र्‍यापीड टेस्ट कीट: संक्रमण पुष्टि भएका व्यक्तिलाई पनि ‘नेगेटिभ’ देखायो !

१० बैशाख २०७७, बुधबार ०८:३२

वैशाख १०, भारत (एजेन्सी) | र्‍यापीड टेस्ट कीटबाट गरिने कोभिड–१९ को परीक्षण स्थगित गर्न इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले राज्यहरुलाई निर्देशन दिएको छ । र्‍यापीड टेस्ट कीटबाट गरिएको परीक्षणनै संकास्पद देखिएपछि उक्त निर्देशन दिईएको हो ।

कोरोना भाइरस विरुद्धको एन्टीबडी शरीरमा छ कि छैन भनेर जाँच गर्ने कीटले सही नजिता नदिएको भन्दै विभिन्न राज्यले जानकारी दिएका थिए । भारतले परीक्षणको दायरा बढाउन चीनबाट १० लाख कीट समेत आयात गरेको थियो । अन्य देशले पनि चीनबाट आयात गरिएको कीटमा समस्या देखिएको बताएका छन् । तर बेइजिङले कीटको गुणस्तर ठीक रहेको दाबी गर्दै आएको छ ।

भारतमा कम्तिमा ३ राज्यले कीटले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठाएका थिए । राजस्थानले त कीट नै प्रयोग नगर्ने बताएको थियो ।

ती राज्यका अधिकारीहरुले आरडीटि कीटले ५ प्रतिशत मात्र सही नतिजा दिने गरेको बताएका छन् । पहिले नै पोजेटिभ प्रमाणित भएका बिरामीमा कीट प्रयोग गर्दा नजिता नेगेटिभ देखाएको उनीहरुले बताएका छन् । योसँगै आईसीएमआरले दुई दिनका लागि सबै राज्यहरुलाई परीक्षण बन्द गर्न निर्देशन दिएको छ । 

धेरै देशका वैज्ञानिहरुले लामो समय लागे पनि ल्याबबाट गरिने परीक्षण नै कोभिड–१९ का लागि उत्तम परीक्षण विधि भएको बताउँदै आएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का