२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

र्‍यापीड टेस्ट कीट: संक्रमण पुष्टि भएका व्यक्तिलाई पनि ‘नेगेटिभ’ देखायो !

२०७७, १० बैशाख बुधबार ०८:३२

वैशाख १०, भारत (एजेन्सी) | र्‍यापीड टेस्ट कीटबाट गरिने कोभिड–१९ को परीक्षण स्थगित गर्न इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले राज्यहरुलाई निर्देशन दिएको छ । र्‍यापीड टेस्ट कीटबाट गरिएको परीक्षणनै संकास्पद देखिएपछि उक्त निर्देशन दिईएको हो ।

कोरोना भाइरस विरुद्धको एन्टीबडी शरीरमा छ कि छैन भनेर जाँच गर्ने कीटले सही नजिता नदिएको भन्दै विभिन्न राज्यले जानकारी दिएका थिए । भारतले परीक्षणको दायरा बढाउन चीनबाट १० लाख कीट समेत आयात गरेको थियो । अन्य देशले पनि चीनबाट आयात गरिएको कीटमा समस्या देखिएको बताएका छन् । तर बेइजिङले कीटको गुणस्तर ठीक रहेको दाबी गर्दै आएको छ ।

भारतमा कम्तिमा ३ राज्यले कीटले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठाएका थिए । राजस्थानले त कीट नै प्रयोग नगर्ने बताएको थियो ।

ती राज्यका अधिकारीहरुले आरडीटि कीटले ५ प्रतिशत मात्र सही नतिजा दिने गरेको बताएका छन् । पहिले नै पोजेटिभ प्रमाणित भएका बिरामीमा कीट प्रयोग गर्दा नजिता नेगेटिभ देखाएको उनीहरुले बताएका छन् । योसँगै आईसीएमआरले दुई दिनका लागि सबै राज्यहरुलाई परीक्षण बन्द गर्न निर्देशन दिएको छ । 

धेरै देशका वैज्ञानिहरुले लामो समय लागे पनि ल्याबबाट गरिने परीक्षण नै कोभिड–१९ का लागि उत्तम परीक्षण विधि भएको बताउँदै आएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण