१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के इबोलाको औषधीले ठिक हुन्छन् कोरोनाका बिरामी ?

१८ बैशाख २०७७, बिहीबार ०२:३९

वैशाख १८, बीबीसीको सहयोगमा | अमेरिकी सरकारको संक्रामक रोगका लागि चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाभाइरसको उपचारका लागि इबोलाको औषधीको सुरुवाती ट्रायलसँग आफू आशावादी भएको बताएका छन् ।

यो औषधीको नाम रेमडेसिवियर हो र यो एक एन्टी भाइरसल औषधी हो । सुरुवातमा यसलाई इबोलाको उपचारका लागि बनाइएको थियो ।

डाक्टर फाउचीले भनेक छन्- 'आँकडाले स्पष्ट देखाउँछ कि रेमडेसिवियरको प्रयोगपछि मानिसहरु चाँडै नै निको हुन्छन् । सुरुवाती आँकडामार्फत् थाहा भएको छ कि यो औषधीको सेवनपछि १५ दिनमा ठिक हुने बिरामी ११ दिनमा निको हुने गर्छन् । यो चमत्कारिक नलाग्न पनि सक्छ तर यो प्रमाणित भइसकेको छ कि इबोलाको औषधीले कोरोना भाइरसलाई रोक्न सकिन्छ ।'

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले रेमडेसिवियरको ट्रायल गरेको छ तर अहिले यसको नतिजा प्रकाशित भएको छैन ।

डाक्टर फाउचीको यो बयान यस्तो समयमा आएको छ जब मेडिकल जर्नल लेन्सेटले चीनमा रेमडेसिवियरको एउटा ट्रायलको विस्तृत जानकारी प्रकाशित गरेको छ ।

 प्रकाशित जर्नलमा रेमडेसिवियरले कोरोना भाइरसको बिरामीको स्वास्थ्य सुधार्न नसकिएको जिकिर गरिएको छ । यद्यपि, चीनमा यो ट्रायल पूरा हुन सकेको भने थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का