१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनलाई झड्का: WHO ले मान्यो, कोरोना भाइरस फैलनुमा वुहानको ठूलो भूमिका

२७ बैशाख २०७७, शनिबार ०५:३१

वैशाख २७, काठमाडौँ | अन्तत: कोरोना भाइरस फैलनुमा चीनको वुहानको ठूलो भूमिका रहेको (WHO) विश्व स्वस्थ्य संगठनले मानेको छ । उनले मानेको छ कि चीनको वुहान मार्केट कोरोना भाइरस संक्रमणको एक ठूलो कारण बनेको छ । 


विश्व स्वास्थ्य संगठन (WHO) डा. पीटर बेन ऐन्बरेकले शुक्रवार जेनेभामा भएको प्रेस ब्रीफिङका क्रममा भनेका छन् कि वुहानको भेट मार्केटले यसमा भूमिका खेलेको छ, यो सिधै देखिन्छ तर  के भूमिका छ यो दिशामा अनुसन्धान गर्न थप जरुरी छ । 

उनले भनेका छन् कि यो शहरमा भाइरस कतै अन्तबाट आयो वा त्यस भेट मार्केटबाट नै भाइरस बाहिर आयो । यो खोजको विषय हो । तर यो प्रश्न उठ्छ कि कोरोना भाइरसको फैलावटमा यो शहरको भूमिका कत्रो थियो ? 


डा. पीटरले चीनमाथि अमेरिकाले लगाएको आरोपका बिषयमा कुनै जवाफ दिएका छैनन् । उनले भने 'यो कुरा थाहा पाउन एक वर्षको समय लागेको थियो कि मर्स (मिडिल ईस्ट रेसिपिरेटरी सिंड्रोम) को स्रोत ऊंट हो । यस्तै प्रकारले कोरोनाको मामलामा बोल्न अहिलेनै ढिला भईसकेको छैन । हाम्रो लागि अहिले सबैभन्दा बढी जरूरी यो भाइरसको फैलावट रोक्नुनै हो ।  

मार्स भाइरस सन् 2012 मा साउदी अरबमा पैदा भएको थियो र मिडिल ईस्टमा फैलिएको थियो ।

चीनको बिषयमा कुरा गर्दै पीटरले भनेकि अनुसन्धानको विषय गर्ने हो भने चीनसँग अनुसन्धानको सबै साधन छ र निकै योग्य अनुसन्धानकर्ता पनि छन् । तर कहिले-कहिले समूह र शोधकर्ताहरुलाई साथ लिएर संसारभरीका मानिसहरुको विचार-विमर्श र सहयोग गर्नु उपयोगी हुन्छ, जसले एक समान मुद्धामा आफ्नो अनुभवलाई सबैले बाड्न सक्छन् ।

डा. पीटरले संसारभरीको भेट मार्केटको लागि नियमको आवश्यकता देखिएको बताए । उनले भने 'सरसफाईको सुविधाहरु सुधार्नुपर्ने र केहि भेट मार्केटहरु बन्द गर्नुपनि आवस्यक छ ।' उनले भने -'वेस्ट म्यानेजमेन्ट, मानिस, सामानको मुभमेन्ट र जिउँदा जनावरहरुको उत्पादन स्थल फरक-फरक गर्नमा ध्यान दिनुपर्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का