२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोना संक्रमितको संख्या हाल सार्वजनिक भएभन्दा ८ गुणा बढी भएको तथ्यांक लिक !

२०७७, ५ जेष्ठ सोमबार ०४:४२

जेठ ५, काठमाडौँ | चीनमा कोरोना संक्रमितको संख्या ६ लाख भन्दा बढी भएको सूचना लिक भएको दावी गरिएको छ । सार्वजनिक दावी अनुसार चीनले हाल सार्वजनिक गरेको तथ्यांक भन्दा आठ गुणा बढीमा कोरोना संक्रमण फेला परेको बताइएको छ । 

चीनमा ६ लाख ४० हजार कोरोमा भाइरस संक्रमित भएको दावीमा उल्लेख छ, जो कि उसको आधिकारिक आँकडा ८२ हजारभन्दा निकै धेरै हो । यो कुराको दावी '100Reporters' मा प्रकाशित भएको छ । ‘100Reporters’ अमेरिकाको वाशिंगटन स्थित गैरनाफामा चलेको समाचार संस्था हो ।

यो संगठनले उक्त दावी गरेको डाटा चीनीया सेनाको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीमार्फत लीक भएको बताइएको छ । यस डाटाले चीनको अस्पतालहरु, अपार्टमेन्ट कम्पाउन्डसँग जोडिएका स्थानहरुको नाम, होटल, सुपरमार्केट, रेलवे स्टेशन, रेस्टुरेन्ट र देशभर फैलिएको स्कूललाई समेटेको दावी गरिएको छ । 

‘100Reporters’ ले लेखेको छ, "डाटा पूर्ण रुपमा व्यापक छैन, यसको जानकारी अनुसार ६ लाख ४० हजारभन्दा बढी अपडेट्स छन्, जसले कमसेकम २३० शहरलाई समेटेको छ । दोश्रो शब्दबाट भन्ने हो भने ६ लाख ४० हजारको डाटा त्यतिबेलाकै हो जतिबेला यो डाटा लिईएको थियो ।"

फेव्रुअरीबाट सुरु भएर अप्रिलको अन्त्यसम्मको डाटाको हरेक अपडेटमा स्थान, अक्षांश, देशान्तर र पुष्टि भएको केसको संख्या समावेश गरिएको छ । रिपोर्टमा अनुसार डाटामा महामारीको इपिसेन्टर रहेको हुबेई प्रान्तको वुहानमा र आसपासको क्षेत्रमा मृत्यु र निको भएकाहरुको संख्या समेत समावेस गरिएको छ ।

तर, दावी गरिएको डाटामा टि व्यक्तिहरुको नाम समावेश छैन, जो कोरोना संक्रमणबाट ग्रसित थिए । 

"100Reporters, जो यो नोटको सह-प्रकाशन गर्दैछ, उसले सुरक्षाको कारणले अहिले उक्त दातावेस सार्वजनिक गरेको छैन, तर कोरोना भाइरसको फैलावटको अध्ययन गर्ने रिसर्चर्सहरुलाई उक्त डाटा उपलब्ध गराउने तरीका खोजिरहेको छ ।"

समाचार आउटलेट्सका अनुसार चीनको मिलिट्री डाटा सार्वजनिक गरिएको संवेदनशीलता जोडिएको कारण उक्त डाटा लिक भएको स्रोतले आफ्नो परिचय नखोल्न भनेको छ । 

Photo: Reuters 

चीनको तर्फबाट आधिकारिक प्रतिक्रिया जारी भएको छैन तर चीनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशी मिडिया आउटलेट्सबाट "निष्पक्ष" रिपोर्टिङको लागि आग्रह गरेका छन् ।

प्रवक्ताले ट्विटरमा लेखेका चाहन, "Covid-19 को विरुद्ध अनुकूल माहोल बनाउनको लागि जरूरी छ कि सबै मिडियाले संसारभर पेशेवर नैतिकताको साथ विज्ञान र तर्कको पालन गरोस्, तथ्य र साचो कुरासँग जोडिओस् र निष्पक्षता र सन्तुलनको लागि प्रतिबद्ध रहोस्  ।"

स्वतन्त्र विशेषज्ञहरुको अनुसार यो विषयमा थप अनुसन्धानबाट साचो कुराको पत्ता लाग्नेछ । हार्वर्ड टी. एच. च्यान स्कूल अफ पब्लिक हेल्थसँग जोडिएका महामारी वैज्ञानिक डा. एरिक फिएगी-डिंगले भने, "यो पुरै सम्भव छ कि यो लोकेशन ट्रयाकिङ डाटा हो, र यसमा प्रकार एक संक्रमित केसको एकभन्दा बढी पंक्ति हुनसक्छ  । वा अन्य संदिग्ध केस हुनसक्छ  । र संक्रमितको परिवारका सदस्य समेत ट्रयाक गरिएको हुनसक्छ  । 

यस अघि गत महिना चीनले एकै दिनमा वुहानमा कोरोना भाइरसबाट जोडिएको मृत्युको संख्यामा ५० प्रतिशत वृद्धि गरेको थियो । यसबाट उसको आधिकारिक कोरोना भाइरसको डाटाको बारेमा शंका उत्पन्न भएको छ । चीनले दिएको आधिकारिक डाटा अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ हजार ९१९ को साथै ४ हजार ६३३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण