१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोना संक्रमितको संख्या हाल सार्वजनिक भएभन्दा ८ गुणा बढी भएको तथ्यांक लिक !

५ जेष्ठ २०७७, सोमबार ०४:४२

जेठ ५, काठमाडौँ | चीनमा कोरोना संक्रमितको संख्या ६ लाख भन्दा बढी भएको सूचना लिक भएको दावी गरिएको छ । सार्वजनिक दावी अनुसार चीनले हाल सार्वजनिक गरेको तथ्यांक भन्दा आठ गुणा बढीमा कोरोना संक्रमण फेला परेको बताइएको छ । 

चीनमा ६ लाख ४० हजार कोरोमा भाइरस संक्रमित भएको दावीमा उल्लेख छ, जो कि उसको आधिकारिक आँकडा ८२ हजारभन्दा निकै धेरै हो । यो कुराको दावी '100Reporters' मा प्रकाशित भएको छ । ‘100Reporters’ अमेरिकाको वाशिंगटन स्थित गैरनाफामा चलेको समाचार संस्था हो ।

यो संगठनले उक्त दावी गरेको डाटा चीनीया सेनाको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीमार्फत लीक भएको बताइएको छ । यस डाटाले चीनको अस्पतालहरु, अपार्टमेन्ट कम्पाउन्डसँग जोडिएका स्थानहरुको नाम, होटल, सुपरमार्केट, रेलवे स्टेशन, रेस्टुरेन्ट र देशभर फैलिएको स्कूललाई समेटेको दावी गरिएको छ । 

‘100Reporters’ ले लेखेको छ, "डाटा पूर्ण रुपमा व्यापक छैन, यसको जानकारी अनुसार ६ लाख ४० हजारभन्दा बढी अपडेट्स छन्, जसले कमसेकम २३० शहरलाई समेटेको छ । दोश्रो शब्दबाट भन्ने हो भने ६ लाख ४० हजारको डाटा त्यतिबेलाकै हो जतिबेला यो डाटा लिईएको थियो ।"

फेव्रुअरीबाट सुरु भएर अप्रिलको अन्त्यसम्मको डाटाको हरेक अपडेटमा स्थान, अक्षांश, देशान्तर र पुष्टि भएको केसको संख्या समावेश गरिएको छ । रिपोर्टमा अनुसार डाटामा महामारीको इपिसेन्टर रहेको हुबेई प्रान्तको वुहानमा र आसपासको क्षेत्रमा मृत्यु र निको भएकाहरुको संख्या समेत समावेस गरिएको छ ।

तर, दावी गरिएको डाटामा टि व्यक्तिहरुको नाम समावेश छैन, जो कोरोना संक्रमणबाट ग्रसित थिए । 

"100Reporters, जो यो नोटको सह-प्रकाशन गर्दैछ, उसले सुरक्षाको कारणले अहिले उक्त दातावेस सार्वजनिक गरेको छैन, तर कोरोना भाइरसको फैलावटको अध्ययन गर्ने रिसर्चर्सहरुलाई उक्त डाटा उपलब्ध गराउने तरीका खोजिरहेको छ ।"

समाचार आउटलेट्सका अनुसार चीनको मिलिट्री डाटा सार्वजनिक गरिएको संवेदनशीलता जोडिएको कारण उक्त डाटा लिक भएको स्रोतले आफ्नो परिचय नखोल्न भनेको छ । 

Photo: Reuters 

चीनको तर्फबाट आधिकारिक प्रतिक्रिया जारी भएको छैन तर चीनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशी मिडिया आउटलेट्सबाट "निष्पक्ष" रिपोर्टिङको लागि आग्रह गरेका छन् ।

प्रवक्ताले ट्विटरमा लेखेका चाहन, "Covid-19 को विरुद्ध अनुकूल माहोल बनाउनको लागि जरूरी छ कि सबै मिडियाले संसारभर पेशेवर नैतिकताको साथ विज्ञान र तर्कको पालन गरोस्, तथ्य र साचो कुरासँग जोडिओस् र निष्पक्षता र सन्तुलनको लागि प्रतिबद्ध रहोस्  ।"

स्वतन्त्र विशेषज्ञहरुको अनुसार यो विषयमा थप अनुसन्धानबाट साचो कुराको पत्ता लाग्नेछ । हार्वर्ड टी. एच. च्यान स्कूल अफ पब्लिक हेल्थसँग जोडिएका महामारी वैज्ञानिक डा. एरिक फिएगी-डिंगले भने, "यो पुरै सम्भव छ कि यो लोकेशन ट्रयाकिङ डाटा हो, र यसमा प्रकार एक संक्रमित केसको एकभन्दा बढी पंक्ति हुनसक्छ  । वा अन्य संदिग्ध केस हुनसक्छ  । र संक्रमितको परिवारका सदस्य समेत ट्रयाक गरिएको हुनसक्छ  । 

यस अघि गत महिना चीनले एकै दिनमा वुहानमा कोरोना भाइरसबाट जोडिएको मृत्युको संख्यामा ५० प्रतिशत वृद्धि गरेको थियो । यसबाट उसको आधिकारिक कोरोना भाइरसको डाटाको बारेमा शंका उत्पन्न भएको छ । चीनले दिएको आधिकारिक डाटा अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ हजार ९१९ को साथै ४ हजार ६३३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का