२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा पहिलो पटक शुक्रबार कुनै नयाँ कोरोना संक्रमित फेला परेन

२०७७, १० जेष्ठ शनिबार ०५:२४

जेठ १०, एजेन्सी | शुक्रबार (मे २२ मा) चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो । 

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको जनाएको हो । यद्यपि, दुई शंकास्पद केसहरु भने फेला परेका छन् । यसमा एक सांघाईमा बाहिरबाट आएका र उत्तरपूर्वी जिलिन प्रान्तमा स्थानीय स्तरमा सम्भावित संक्रमित रहेका छन् ।

लक्षण नभएकाहरु पनि अघिल्लो दिनको तुलनामा ३५ बाट २८ मा झरेको एनएचसीले जनाएको छ ।

गत मार्च यता चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । देशभर लागू गरिएको लकडाउनले चीनलाई भाइरसको संक्रमण नियन्त्रण गर्न सहज बनेको थियो ।

तर, पछिल्लो समय बाहिरबाट आएकाहरुमा भने चीनमा संक्रमण देखिएको छ । त्यस्तै, उत्तरपूर्वी जिलिन र हिइलोङजियाङ नयाँ क्लस्टरहरु फेला परेका थिए ।

हालसम्म देशमा भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । विश्वभर यसबाट ३ लाख ३५ हजार बढीले ज्यान गुमाइसकेका छन् । 

स्रोत : अलजजिरा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण