१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

११ जेष्ठ २०७७, आईतवार ०८:५६

जेठ ११, नयाँदिल्ली (रासस/पिटीआई) | भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी भएको छ । 

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ७२० जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या ६९ हजार ५९७ रहेको जनाएको छ । मन्त्रालयका अनुसार अरु ५१ हजार ७८३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका अधिकारीहरुले कुल सङ्क्रमित मध्ये ४१.३९ प्रतिशत निको भएको जानकारी दिएका छन् ।

देशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका १३७ जना मध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बंगालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई दुई जनाको मृत्यु भएको छ भने हरियाणामा एक जनाको मृत्यु भएको छ ।

देशभरी कोरोनाका कारण मृत्यु भएका कुल तीन हजार ७२० जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् ।   

त्यसैगरी गुजरातमा ८०२, मध्य प्रदेशमा २७२, पश्चिम बंगालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का