२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विवाद अमेरिका–चीन दुबैका लागि ठीक नहुने’

२०७७, १५ जेष्ठ बिहीबार १५:३१

जेठ १५, बेइजिङ | रासस/एएनआई | विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताउनुभएको छ ।

अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध बिषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताउनुभएको हो ।

यदि विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवाद मात्रै गर्ने हो भने कोरोनाभाइरसका कारण प्रभावित विश्व अर्थतन्त्र अझै थप सङ्कटतर्फ जाने धारणा राख्नुभएको हो । 

राष्ट्रिय जनसभाको समापन समारोहपछि पत्रकार सम्मेलनमा बोलेका कुराबारे लीलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ,“चीन र अमेरिकाले एकआपसमा सम्बन्धलाई जटिल बनाएमा यो अमेरिका, चीन र बाँकी विश्व कसैको हितमा पनि हुने छैन ।”

पछिल्ला केही दिनहरूमा चीन र अमेरिकाबीच ‘कोरोनाभाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । त्यसो त अमेरिका र चीनबीच वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै व्यापार विवादले स्थान लिएको छ ।


चिनियाँ प्रधानमन्त्री लिले भन्नुभयो, “दुई मुलुकबीचसोचमा चिन्नता हुनु स्वभाविकक हुन्छ तर तर्कसम्मत माध्यमबाट सहमतिको साझा विन्दुमा पुग्नु उत्तम विकल्प हुन्छ ।”

“हामीबीच फरक राजनीतिक प्रणाली, सांस्कृतिक परम्परा र ऐतिहासिक पृष्ठभूमि रहेका छन् । त्यसैले हामीबीच विवाद हुनु नितान्त स्वभाविक कुरा हो । तर कुरा के हो भने विवादको कसरी समाधान निकाल्ने भन्ने हो । विगतका केही दशकदेखि अमेरिका–चीनबीच सम्बन्धमा विभिन्न रूपमा विवाद आयो ।” 

उहाँले भन्नुभयो, चीन र अमेरिका दुबै पक्षले दुई देशका राष्ट्रप्रमुखबीच यस पहिले सम्पन्न शिखर सम्मेलन तथा ओपचारिक तथा अनौपचारिक कुराकानीमार्फत निकालेको निष्कर्ष तथा महत्वपूर्ण मतऐक्यता बमोजिम समन्वय, सहकार्य र स्थिरताको आधारमा अघि बढ्नुपर्ने बुझाई चीनको रहेको छ ।” 

प्रधानमन्त्रीले दुई मुलुकबीचको अर्थतन्त्र एकआपसमा  गाँसिएका र व्यवसायले पनि एक अर्कालाई वेवास्ता गरी अघि बढ्न नसक्ने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ