२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासीको पीडामा सरकारले ध्यान नदिएको सोनिया गान्धीको भनाइ

२०७७, १५ जेष्ठ बिहीबार १५:३६

जेठ १५, नयाँ दिल्ली | रासस/एएनआई | केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धीले बिहीबार माग गर्नुभएको छ ।

राहतको आवश्यक पर्ने परिवारलाई तत्काल प्रति परिवार १० हजार भारतीय रूपैँया उपलब्ध गराउन र आगामी छ महिनासम्म प्रति परिवार सात हजार ५०० रूपैँयाका दरले सहयोग राशीको व्यवस्था गर्न आग्रह काङ्ग्रेस नेतृ गान्धीले गर्नुभएको छ ।

भारतीय काङ्ग्रेसले सञ्चालन गरेको ’स्पिक अप इण्डिया’ अभियानको सन्दर्भमा जारी एक भिडियो सन्देशमा उहाँले भन्नुभयो, “काङ्ग्रेसले भारतको आवाज उठाउन यो सामाजिक अभियान गर्ने निर्णय गरिसकेको छ । हामी फेरि केन्द्रीय (संघीय) सरकारलाई खाँचोमा परेकालाई उपलब्ध गराउने गरी कोष खुला गर्न र राहत प्रदान गर्न आग्रह गर्दछौं ।”

उहाँले भन्नुभयो, सरकारले राहतको आवश्यकता भएका प्रत्येक परिवारलाई छ महिनासम्म सात हजार ५०० राहतस्वरूप उपलब्ध गराउन आग्रह गर्दछु र प्रारम्भिक राहतका लागि १० हजार रुपैयाँ तुरून्त दिनुपर्छ ।”

“प्रवासी मजदुरहरूको सुरक्षित र निःशुल्क यात्राको लागि व्यवस्था गर्न, उनीहरूलाई आवश्यकता अनुसार घरमा पुर्याउन दैनिक खानाको अभाव हुन नदिन र खाद्यान्न सहयोगको प्रबन्ध सरकारले गरोस्,” उहाँले भन्नुभयो ।

महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार सुनिश्चित ऐन २००५ ले व्यवस्था गरे अनुरूप गाउँमै २०० दिन काम गर्ने अवसरको सुनिश्चित गर्न काङ्ग्रेस अध्यक्ष गान्धी सरकारसँग माग गर्नुभएको छ । साना उद्योगहरूलाई कर्जाको सट्टामा आर्थिक सहयोग गरी करोडौँ रोजगारीका अवसर सुरक्षित गरी राज्यलाई पनि विकासको गतिबाट पछि हट्न नपर्ने अवस्थाको वातावरणको प्रत्याभूत गर्न उहाँले जोड दिनुभएको छ ।

यो सङ्कटको घडीमा हामी सबै नागरिकसँगै अघि बढ्ने र यो कठिन अवस्थाबाट विजय प्राप्त हुनेमा उहाँको विश्वास रहेको छ ।

।  

विगत दुई महिनादेखि देशका सबै नागरिक तथा संघसंस्थाहरूले कोभिड–१९ को महामारीको कारण कामबाट अलग्गिनु परेकोले मुलुकले चरम आर्थिक सङ्कटको सामना झेलिरहेको उहाँले बताउनुभएको छ । 

गान्धीले भन्नुभयो, “भारत स्वतन्त्र भएपछि पहिलो पटक सबैले लाखौं मजदुरहरूको पीडा भोग्नुपर्यो । उनीहरूले सयौं हजार किलोमिटरसम्मको यात्रा भोकभोकै खालि खुट्टा, भोको पेट, औषधी र साधनविना हिंड्न बाध्य भए । देशभरका हरेक हृदयले तिनीहरूको दुःख र पीडा देखेका छन् तर सरकारले यसलाई महशुस नगरेजस्तो देखिएको छ ।” 

उहाँले सरकारको आलोचना गर्दै थप्नुभयो, “महामारीका कारण लाखौंले रोजगार गुमाए, लाखौं व्यवसाय प्रभावित भए, कारखानाहरू बन्द भए, किसानहरूले आफुले लगाएको बाली बेच्न पाएनन् । उनीहरूका सपना खेतबारीमा नै बिलिन हुनपुगे । सारा देशले दुःख भोग्यो । तर सायद सरकारले यो महसुस गर्न सकेको छैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण