२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

२०७७, १७ जेष्ठ शनिबार १५:११

जेठ १७, ब्रसेल्स (रासस/सिन्ह्वा) |  यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि इयूको धारणा सार्वजनिक भएको हो ।

इयूले अमेरिकालाई डब्लुएचओबारे शुक्रबार सार्वजनिक निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देन लेयन र इयूका विदेश तथा सुरक्षा नीति मामिला उच्च प्रतिनिधि जोसेप बोरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डब्लुएचओले महामारीको अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ । यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ । विश्वव्यापी सङ्कटबीच अहिले सहकार्यलाई बढाउँदै साझा समाधानको पहल हुनु जरूरी छ । अन्तर्राष्ट्रिय नतिजालाई कमजोर पार्ने कुनै पनि कार्यलाई रोक्नुपर्छ ।” 

विज्ञप्तिमा भनिएको छ, “यो अवस्थामा हामीले अमेरिकालाई उसले शुक्रबार सार्वजनिक गरेको निर्णयलाई पुनः विचार गर्नुपर्छ ।” 

विश्वले कोभिड–१९ को महामारीसँग जुझिरहेका समय सबैको प्रमुख काम मानिसहरूको ज्यान जोगाउने र महममारीलाई नियन्त्रणमा राख्ने तथा अन्त्य गनु हुनेछ । इयूले यसका लागि डब्लुएचओलाई साथ दिनेछ र यस अघि नैथप बजेटको व्यवस्थापनमा सघाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण