२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा १,८२,९९० कोभिड–१९ संक्रमित, निको हुनेको दर ४७.७६ प्रतिशत

२०७७, १८ जेष्ठ आईतवार १३:४५

नयाँ दिल्ली, १८ जेठ (रासस/एएनआई) | भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । 

भारतमा आइतबारसम्ममा एक लाख ८२ हजार ९९० जना सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये ४७.७६ प्रतिशत व्यक्ति उपचारपछि निको भइ घर फर्किएका वा भारतबाट अन्य मुलुक गएका बताइएको छ । 

मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा चार हजार ६१४ व्यक्ति निको भई घर फर्किएका वा यहाँबाट अन्य मुलुक गएका छन् । योसँगै कूल निको हुनेको सङ्ख्या ८६ हजार ९८३ पुगेको छ अर्थात् ४७.७६ प्रतिशत सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।” 

हाल चिकित्सकको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या ८९ हजार ९९५ रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

विभिन्न चरणमा पूर्व भावनात्मक र रोग निधानका लागि सक्रियता देखाई सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनलाई अघि बढाएकोले अन्य ठूला मुलुकको तुलनामा भारतमा सङ्क्रमण फैलिने क्रम सुस्त रहेको दावी भारत सरकारले गरेको छ । 

भारतमा प्रति १० लाख जनसङ्ख्यामा १३३ जना सङ्क्रमित रहेको र चार जनाको मृत्यु भएको सरकारको तथ्याङ्कबाट पुष्टि भएको छ ।

यहाँ अहिलेसम्म ३७ लाख ३७ हजार २७ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छ । परीक्षण भएका व्यक्तिको सङ्ख्या प्रति १० लाखमा दुई हजार ७१० हुन आउँछ । 

भारतमा आइतबारसम्ममा पाँच हजार १६४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने आठ हजार ९४४ गम्भीर खालका विरामी रहेका मन्त्रालयले जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ