२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट, विश्वभर जनजीवन सहज बन्दै

२०७७, २३ जेष्ठ शुक्रबार १३:००

जेठ २३, जकार्ता (रासस–एपी) | इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन् । कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो ।

प्रार्थनामा सहभागी हुन चाहने व्यक्तिहरुको मस्जिदको ढोकामा शरीरको तापक्रम लिनुका साथै हातमा स्यानिटाइजर लगाइएको थियो । प्रहरी र सेनाले सहभागी व्यक्तिहरुले सामाजिक दूरी कायम गरे नगरेको तथा मास्क लगाए नलगाएको अनुमगन गरेका थिए ।

प्रार्थना गर्दा आवश्यक पर्ने सरसामान आफैं ल्याउनु पर्ने तथा हात मिलाउन वा अंगालो मार्न निषेध गर्नुका साथै एक अर्काबीच कम्तीमा ३ फिटको दूरी कायम गर्न भनिएको छ । 

इन्डोनेसियामा कोरोनाभाइरसबाट हालसम्म २८ हजार ८१८ जना संक्रमित भएका र १ हजार ७२१ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरसबाट सुरक्षित रहँदै मुलुकको अर्थतन्त्रलाई सही ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

सरकारले स्वास्थ्य नियमहरुको परिपालना गराउन तीन लाख ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । इन्डोनेसियामा जुलाईको अन्त्यदेखि प्रतिबन्धहरु पूर्णरुपमा हटाउने तयारी भइरहेको छ । 

प्राग – चेक गणतन्त्रले छिमेकी मुलुकहरु अस्ट्रिया, जर्मनी र हङ्गेरीबाट हुने यात्रा प्रतिबन्धहरु पूरै हटाएको छ । 

प्रधानमन्त्री आन्द्रेज बाबिसले तीन मुलुकमा रहेका तर कोरोनाभाइरस नेगेटिभ रहेका चेक नागरिकलाई स्वदेश फर्कन अनुमति दिइएको बताउनुभयो । 

चेक गणतन्त्र र स्लोभाकियाले बिहीबार साझा सीमामा लागू सबै प्रतिबन्धहरु रद्द गरेका छन् । 

प्रधानमन्त्री बाबिसले सीमा खुला गरेसँगै पर्यटन र व्यापार क्षेत्रले पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाभाइरस महामारीका कारण चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको थियो ।

वेलिङ्टन – फिजीले कोरोनाभाइरसबाट आफू मुक्त भएको घोषणा गरेको छ । यहाँका सबै १८ जना संक्रमित व्यक्ति निको भएर डिस्चार्ज भएका छन् । 

प्रधानमन्त्री फ्रान्क बाइनीमारामाले शुक्रबार आफ्नो मुलुकमा भेटिएका सबै कोरोना संक्रमित निको भइसकेको बताउनुभएको छ । 

करिब ९ लाख जनसंख्या रहेको फिजीमा गत अप्रिलमा केही निश्चित क्षेत्रमा लकडाउन गर्नुका साथै सीमा क्षेत्रमा आवातजावतमा प्रतिबन्ध लगाइएको थियो । 

मनिलाः फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न फिलिपिनी नागरिकले गरेको सहयोगका लागि आभार व्यक्त गर्नु भएको छ । 

उहाँले क्वारेन्टिनमा देखिएका समस्याबारे सोधिएका प्रश्नको जवाफ दिँदै महामारीका बीच कुनै गरिब परिवारले आवश्यक सहयोग नपाएको पाइए सम्बन्धित अधिकारीमाथि कडा कारबाही गरिने चेतावनी दिनुभयो । 

टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति डुटेर्टेले कोरोना संक्रमित भएर ज्यान गुमाएका ३२ जना स्वास्थ्यकर्मीका परिवारले राहत नपाएको गुनासोप्रति रोष प्रकट गर्नुभयो ।

अधिकारीहरुले फिलिपिन्समा बेरोजगारी करिब १७.७ प्रतिशत पुगेको बताएका छन् । 

फिलिपिन्समा २० हजार ३८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको र करिब एक हजारको मृत्यु भएको छ । 

संयुक्तराष्ट्र संघ – संयुक्तराष्ट्र संघले कोरोनाभाइरस महामारीका कारण माली र अफ्रिकाको साहेल क्षेत्रमा गम्भीर मानवीय तथा सुरक्षा चुनौती खडा भएको जनाएको छ । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषदमा बुझाउनु भएको एक प्रतिवेदनमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग आबद्ध आतंकवादीका कारण शान्ति सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको उल्लेख गर्नु भएको छ । 

उहाँका अनुसार आतंककारीहरुले नागरिकमाथि आक्रमण गर्ने खतरा छ । मालीको सेना र अन्तर्राष्ट्रिय फौजलाई उत्तरी र मध्य मालीमा तैनाथ गरिएको भए पनि उत्तरी मालीमा मुख्य रुपमा खतरा उत्पन्न भएको उहाँको भनाई छ । 

राष्ट्रसंघका अनुसार अल–कायदा र इस्लामिक स्टेटका लडाकूबीच पनि ठाउँठाउँमा भिडन्त भएका छन् । 

मालीमा करिब ३५ लाख मानिस खाद्य असुरक्षाबाट पीडित भएका छन् । 

सियोलः दक्षिण कोरियामा विगत २४ घण्टाको अवधिमा ३९ जना नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएका छन् । 

कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) का अनुसार पछिल्लो विवरण सहित देशभर कूल संक्रमितको संख्या ११ हजार ६६८ पुगेको छ भने २७३ जनाको मृत्यु भएको छ । 

पछिल्लो पटक भेटिएका व्यक्तिहरु सियोल महानगरको घनाबस्ती क्षेत्रका बासिन्दा हुन् । 

दक्षिण कोरियामा सामाजिक दूरी समेतका कडा नियममा सहजता तुल्याएसँगै नयाँ संक्रमित भेटिएका छन् । तर नयाँ संक्रमितको संख्या ठूलो मात्रामा वृद्धि भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ