१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार

२५ जेष्ठ २०७७, आईतवार १४:३८

जेठ २५, बाली (रासस/एएफपी) | इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा फसेका बेलायती नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । 

उनान्तीस वर्षीय याकोब रोवट्र्सलाई चार मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक एथानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए । 

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धारका गर्न उद्धार टोली त्यहाँ पुगेको उद्धार टोलीका प्रमुख गेडे दर्मादाले एएफपीलाई बताउनुभयो ।

 भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँचिएको बताइएको छ । रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले धपाएपछि कुकुरलाई छलेर भाग्ने क्रममा इनारमा खसेको बताएका छन् ।

“शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका छन्,” साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उद्धारपछिको दृष्यलाई बताउनुभएको छ ।

 रोबट्र्सलाई उद्धारपछि  उपचारका  लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली