२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ सकिएलगत्तै वैदेशिक रोजगारका लागि तयार रहन थाइल्याण्डका प्रधानमन्त्रीद्वारा आग्रह

२०७७, २६ जेष्ठ सोमबार १५:३९

जेठ २६, बैंकक (रासस/सिन्ह्वा) | थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–आ¬–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गर्नुभएको छ । 

आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत सोमबार दिएको निर्देशनमा कोभिड–१९ को महामारीपछि विदेशमा जानेगरी आफुलाई तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकलाई प्राविधिक तथा भाषागत सीपका साथै शारीरिक तन्दुरूस्ती र कागजातलाई अद्यावधिक गरिराख्न भन्दै बोलाएको अवस्थामा विदेश जानसक्ने हुन आग्रह गर्नुभएको छ । नारूमोनले प्रधानमन्त्रीको भनाइबारे थप प्रस्ट पार्नुभयो,“कामदारको माग गर्ने मुलुकले कोभिड–१९ पछि ठूलो सङ्ख्यामा कामदारको माग गर्ने र तत्काल विदेश जान सक्नेगरी तयारी अवस्थामा रहनुस् । महामारीपछि वैदेशिक रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् ।” 

प्रवक्ताले प्रयुतलाई उद्धृत गर्दै भन्नुभयो, “थाइल्याण्डमा चीनको ताइवान, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायलजस्ता श्रमको विश्वबजारका लागि आवश्यक पर्ने जनशक्तिको उच्च माग हुने गरेको छ ।”

कोभिड–१९ को लडाईमा थाइल्याण्डको सफलता थाई श्रमिकमा हुने नैतिकता र अनुशासनका कारण विश्व श्रम बजारबाट थाइल्याण्डको जनशक्तिको बढी माग हुने बताइएको छ ।

थाइल्याण्डका लागि कुवेती राजदूत अब्दुल्ला नामा अब्दुल्ला अलशरानले प्रधानमन्त्री प्रयुतसँग सोमबार भेट गरेको र थाइल्याण्डबाट कोभिड–१९ का कारण फिर्ता भएका कामदारहरूलाई भवन निर्माण तथा अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गर्नेगरी माग हुने सङ्केत गरेको बताइएको छ ।

थाई सरकारले महामारीपछि करिब एक लाख श्रमिकलाई विदेश पठाई राष्ट्रिय अर्थतन्त्रमा करिब एक खर्ब ४० अर्ब थाई भाट (चार अर्ब ४५ करोड अमेरिकी डलर) को योगदानको अपेक्षा गरेको प्रवक्ताले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ