१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ सकिएलगत्तै वैदेशिक रोजगारका लागि तयार रहन थाइल्याण्डका प्रधानमन्त्रीद्वारा आग्रह

२६ जेष्ठ २०७७, सोमबार १५:३९

जेठ २६, बैंकक (रासस/सिन्ह्वा) | थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–आ¬–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गर्नुभएको छ । 

आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत सोमबार दिएको निर्देशनमा कोभिड–१९ को महामारीपछि विदेशमा जानेगरी आफुलाई तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकलाई प्राविधिक तथा भाषागत सीपका साथै शारीरिक तन्दुरूस्ती र कागजातलाई अद्यावधिक गरिराख्न भन्दै बोलाएको अवस्थामा विदेश जानसक्ने हुन आग्रह गर्नुभएको छ । नारूमोनले प्रधानमन्त्रीको भनाइबारे थप प्रस्ट पार्नुभयो,“कामदारको माग गर्ने मुलुकले कोभिड–१९ पछि ठूलो सङ्ख्यामा कामदारको माग गर्ने र तत्काल विदेश जान सक्नेगरी तयारी अवस्थामा रहनुस् । महामारीपछि वैदेशिक रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् ।” 

प्रवक्ताले प्रयुतलाई उद्धृत गर्दै भन्नुभयो, “थाइल्याण्डमा चीनको ताइवान, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायलजस्ता श्रमको विश्वबजारका लागि आवश्यक पर्ने जनशक्तिको उच्च माग हुने गरेको छ ।”

कोभिड–१९ को लडाईमा थाइल्याण्डको सफलता थाई श्रमिकमा हुने नैतिकता र अनुशासनका कारण विश्व श्रम बजारबाट थाइल्याण्डको जनशक्तिको बढी माग हुने बताइएको छ ।

थाइल्याण्डका लागि कुवेती राजदूत अब्दुल्ला नामा अब्दुल्ला अलशरानले प्रधानमन्त्री प्रयुतसँग सोमबार भेट गरेको र थाइल्याण्डबाट कोभिड–१९ का कारण फिर्ता भएका कामदारहरूलाई भवन निर्माण तथा अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गर्नेगरी माग हुने सङ्केत गरेको बताइएको छ ।

थाई सरकारले महामारीपछि करिब एक लाख श्रमिकलाई विदेश पठाई राष्ट्रिय अर्थतन्त्रमा करिब एक खर्ब ४० अर्ब थाई भाट (चार अर्ब ४५ करोड अमेरिकी डलर) को योगदानको अपेक्षा गरेको प्रवक्ताले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का