२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

२०७७, ३० जेष्ठ शुक्रबार ०९:४३

जेठ ३०, काठमाडौँ (रासस/एएनआई) | अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार हुनुभएको बताइएको छ । उहाँ दोहा वार्ताका लागि तयार हुनुभएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिनुभएको हो ।

अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिनुभएको समाचारमा जनाइएको छ । अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँगको वार्तापछि उहाँले उक्त वार्तामा जानका लागि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सहमति जनाएको जानाकरी दिनुभएको विशेषदूत क्वातानीले जानकारी दिनुभएको हो ।  

अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । गत फेब्रुअरी महिनामा दोहामा भएको सो शान्ति वार्तासम्बन्धी सम्झौतामा अमेरिका, अफगानिस्तान र तालिबानका तर्फबाट हस्ताक्षर भएको थियो । 

त्यस सम्झौतामा यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताइएको छ । त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ ।

चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा गरिएको छ । उक्त युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् । 

यसअघि अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले पनि दोहा सम्झौताबमोजिम वार्ता गर्न स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा करिब एक हप्ता लामो युद्धविराम भएको थियो । उक्त सम्झौताले अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्ने सम्भावना रहेको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ