१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ महामारीका वेला बेलायतमा रोजगारी गुमाउने छ लाख श्रमिक

२ असार २०७७, मंगलवार १७:०९

असार २, काठमाडौँ | कोरोनाभाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार बताएको छ ।

मेको प्रारम्भिक सूचकले सङ्केत गरेअनुसार बेलायतमा काम गर्ने कर्मचारीको सङ्ख्या २.१ प्रतिशतले घटेको छ । मार्चको तुलनामा यो सङ्ख्या छ लाख १२ हजार ले कमी आएको ओएनएसले जनाएको छ ।

ओएनएसको तथ्याङ्कमा मार्चदेखि मेसम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए जुन अघिल्लो त्रैमासिक (डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०) को तुलनामा तीन लाख ४२ हजारले कमी हो । यसलाई तथ्याङ्क कार्यालयले सन् २००१ पछिको रोजगारीमा ‘सबैभन्दा ठूलो त्रैमासिक गिरावट’ भनी रेकर्ड गरिएको छ । 

उल्लेखनीय कुरा के छ भने होटल, रेस्टुरेन्ट र खुद्रा स्टोर बन्द भएपछि सामाजिक दुरीका उपायबाट प्रभावित, ‘थोक, खुद्रा व्यापार र मोटर सवारी को मर्मत’ औद्योगिक क्षेत्रको रिक्त पदहरुमा यो त्रैमासिकमा ४९.९ प्रतिशतले गिरावट आएको छ र ‘आवास तथा खाद्य सेवा गतिविधि’ क्षेत्रमा ७०.७ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का