२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ विदेश मन्त्रालयले भन्यो ‘हाम्रो नियन्त्रणमा भारतीय सैनिक छैनन्’

२०७७, ५ असार शुक्रबार १६:४०

असार ५, बेइजिङ (रासस–एएनआई) | चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ । 

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा भन्नुभयो, “चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन ।” 

बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कुनै भारतीय सेना बेपत्ता नभएको स्पष्ट गरेको थियो । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताउनुभएको छ । साथै भारतीय सेनाले समेत सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट गरेको छ । 

चिनियाँ र भारतीय सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । लद्दाख क्षेत्रको सीमारेखालाई लिएर भएको द्विपक्षीय सम्झौतालाई दुबै पक्षले सम्मान गरेको अवस्थामा यस्तो दुर्घटना नहुने भारतीय पक्षको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ