१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोरोनाभाइरसको अवस्थामा सुधार, जर्मनीमा संक्रमित बढे

५ असार २०७७, शुक्रबार १६:४३

असार ५, बर्लिन (रासस–एपी) | बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् ।

बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार श्रेणी ४ मा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको संक्रमण उच्च रहेको हुन्छ भने श्रेणी ३ ले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ । 

बेलायती स्वास्थ्य अधिकारीहरुले बेलायतमा कोरोना संक्रमणमा व्यापक गिरावट आएको बताएका छन् । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो । यहाँ ४२ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरस फैलिनेक्रममा व्यापक सुधार हुनुमा आमजनताको प्रतिबद्ध सहयोग मुख्य रुपमा जिम्मेवार रहेको बताउनुभयो । 

यसैबीच जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो संख्यामा कोरोनाभाइरस संक्रमित व्यक्ति फेला परेका छन् । 

जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार एकै दिन ७७० जना नयाँ संक्रमित व्यक्ति भेटिएका छन् । योसहित जर्मनीमा कूल संक्रमित व्यक्तिको संख्या एक लाख ८८ हजार ५३४ पुगेको छ । 

यसैगरी चीनले बेइजिङमा एकाएक देखिएको कोरोनाभाइरस नियन्त्रणमा आएको छ । बेइजिङमा करिब ३ लाख ६० हजारमा परीक्षण गर्दा २५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

बेइजिङमा गत साता १८३ जना नयाँ संक्रमित भेटिएका थिए । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही विशेष क्षेत्रमा यस्ता संक्रमणका घटना देखिनु सामान्य रहेको बताउँदै रोकथामका उपायलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का