२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतन्जलीद्वारा कोरोना विरुद्ध औषधि सार्वजनिक: सरकारले माग्यो परीक्षण रेकर्ड

२०७७, ९ असार मंगलवार १४:११

असार ९, काठमाडौँ | प्रख्यात बाबा रामदेवको कम्पनी पतन्जलीले कोरोनाको औषधि बनाएको दावी गर्दै मंगलबार औषधि सार्वजनिक गरेको छ । पतंजलीले औषधि सार्वजनिक गर्ने क्रममा उक्त औषधि कोरोना संक्रमितहरुमा समेत परीक्षण गरिएको दावी गरिएको छ । उक्त विषयलाई लिएर भारतभर यसैको चर्चा चुलिएको छ । 

भारतमा रामदेवले मंगलबार सार्वजनिक गरेको औषधिले कोरोनाको सतप्रतिशत उपचार गरेको दावीको विषयलाई लिएर समाचार बनाइदा यसको जवाफ पतंजलीले दिनुपर्ने भएको छ । पतंजलीलाई मोदी सरकारले परीक्षण गरिएको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।  

जडीबुटीबाट बनाइएको दावी गरिएको औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् । यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको रामदेवको दाबी छ । सोहि दावीलाई लिएर सम्बन्धित मन्त्रालयले परीक्षणको विवरण बुझाउन निर्देशन दिएको छ । 


रामदेवको दावी अनुसार औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको थियो । दावी अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो ।  यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी रामदेवको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ । 

औषधि सार्वजनिक गर्ने क्रममा रामदेवले ७ दिनमा सबै परीक्षण गरिएका बिरामीहरु निको भएको दावी समेत गरेका छन् ।  उनले दावी गर्दै भनेका छन् कि 'हाम्रो औषधिले १०० प्रतिशत विरामी निको हुन्छन् मृत्युदर सुन्य छ ।'  


मन्त्रालयको ध्यानाकर्षण 

भारतस्थित आयुष मन्त्रालयले रामदेवको पतंजलीले कोरोनाको औषधिको रुपमा सार्वजनिक गरिएको उक्त औषधिको विषयमा ध्यानाकर्षण गरेको छ । उक्त मन्त्रालयले कम्पनीको तर्फबाट दावी गरिएअनुसार सत्यता र वैज्ञानिक अध्ययनलाई लिएर मन्त्रालयमा कुनै जानकारी नगराइएको भन्दै यथासक्य जानकारी दिन निर्देशन दिएको छ । उक्त मन्त्रालयले भनेको छ 'कोरोनाको १०० प्रतिशत उपचार हुने भन्दै प्रचार गरी औषधि सार्वजनिक हुनु, ड्रग्स एन्ड म्याजिक रेमेडीज (आपत्तिजनक विज्ञापन) कानून 1954 को उल्लंघन हो ।' 

मन्त्रालयले पतन्जलिलाई निर्देशन दिदै कोरोना निको बनाइएको र अध्ययन गरिएको नमूनाको आकार, स्थान र अस्पताल विवरणबारे विस्तृत जानकारी दिन भनेको छ । भारतीय केन्द्र सरकारले यसै सम्बन्ध गजट नोटिफिकेशन पनि जारी गरेको छ र भनेको छ कि औषधिको अध्ययनलाई लिएर जे जानकारी छ त्यो सरकारले हेर्नेछ । मन्त्रालयले परीक्षणको जानकारी दिन र हाललाई उक्त औषधिको विज्ञापन गर्न रोक लगाएको छ । 

सरकारको निर्देशनसंगै पतंजलीले उक्त औषधि परीक्षण गरिएको विरामी तथा अस्पताल विवरण र नमुना परीक्षणको वैज्ञानिक दावीलाइ सावित गर्नुपर्ने चुनौती रहेको छ । २८० जना कोरोना संक्रमितमा उक्त औषधि परीक्षण गर्दा सबैलाई निको बनाएको दावी गरुएकोले सोको पुष्टि गर्नुपर्ने माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण