१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतन्जलीद्वारा कोरोना विरुद्ध औषधि सार्वजनिक: सरकारले माग्यो परीक्षण रेकर्ड

९ असार २०७७, मंगलवार १४:११

असार ९, काठमाडौँ | प्रख्यात बाबा रामदेवको कम्पनी पतन्जलीले कोरोनाको औषधि बनाएको दावी गर्दै मंगलबार औषधि सार्वजनिक गरेको छ । पतंजलीले औषधि सार्वजनिक गर्ने क्रममा उक्त औषधि कोरोना संक्रमितहरुमा समेत परीक्षण गरिएको दावी गरिएको छ । उक्त विषयलाई लिएर भारतभर यसैको चर्चा चुलिएको छ । 

भारतमा रामदेवले मंगलबार सार्वजनिक गरेको औषधिले कोरोनाको सतप्रतिशत उपचार गरेको दावीको विषयलाई लिएर समाचार बनाइदा यसको जवाफ पतंजलीले दिनुपर्ने भएको छ । पतंजलीलाई मोदी सरकारले परीक्षण गरिएको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।  

जडीबुटीबाट बनाइएको दावी गरिएको औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् । यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको रामदेवको दाबी छ । सोहि दावीलाई लिएर सम्बन्धित मन्त्रालयले परीक्षणको विवरण बुझाउन निर्देशन दिएको छ । 


रामदेवको दावी अनुसार औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको थियो । दावी अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो ।  यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी रामदेवको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ । 

औषधि सार्वजनिक गर्ने क्रममा रामदेवले ७ दिनमा सबै परीक्षण गरिएका बिरामीहरु निको भएको दावी समेत गरेका छन् ।  उनले दावी गर्दै भनेका छन् कि 'हाम्रो औषधिले १०० प्रतिशत विरामी निको हुन्छन् मृत्युदर सुन्य छ ।'  


मन्त्रालयको ध्यानाकर्षण 

भारतस्थित आयुष मन्त्रालयले रामदेवको पतंजलीले कोरोनाको औषधिको रुपमा सार्वजनिक गरिएको उक्त औषधिको विषयमा ध्यानाकर्षण गरेको छ । उक्त मन्त्रालयले कम्पनीको तर्फबाट दावी गरिएअनुसार सत्यता र वैज्ञानिक अध्ययनलाई लिएर मन्त्रालयमा कुनै जानकारी नगराइएको भन्दै यथासक्य जानकारी दिन निर्देशन दिएको छ । उक्त मन्त्रालयले भनेको छ 'कोरोनाको १०० प्रतिशत उपचार हुने भन्दै प्रचार गरी औषधि सार्वजनिक हुनु, ड्रग्स एन्ड म्याजिक रेमेडीज (आपत्तिजनक विज्ञापन) कानून 1954 को उल्लंघन हो ।' 

मन्त्रालयले पतन्जलिलाई निर्देशन दिदै कोरोना निको बनाइएको र अध्ययन गरिएको नमूनाको आकार, स्थान र अस्पताल विवरणबारे विस्तृत जानकारी दिन भनेको छ । भारतीय केन्द्र सरकारले यसै सम्बन्ध गजट नोटिफिकेशन पनि जारी गरेको छ र भनेको छ कि औषधिको अध्ययनलाई लिएर जे जानकारी छ त्यो सरकारले हेर्नेछ । मन्त्रालयले परीक्षणको जानकारी दिन र हाललाई उक्त औषधिको विज्ञापन गर्न रोक लगाएको छ । 

सरकारको निर्देशनसंगै पतंजलीले उक्त औषधि परीक्षण गरिएको विरामी तथा अस्पताल विवरण र नमुना परीक्षणको वैज्ञानिक दावीलाइ सावित गर्नुपर्ने चुनौती रहेको छ । २८० जना कोरोना संक्रमितमा उक्त औषधि परीक्षण गर्दा सबैलाई निको बनाएको दावी गरुएकोले सोको पुष्टि गर्नुपर्ने माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन