१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामारीका कारण लागु औषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा

११ असार २०७७, बिहीबार १५:४४

असार ११, भियना | कोभिड–१९ महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।

लागु औषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भन्नुभयो, “कोभिड–१९ महामारीका कारण् हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आर्थिक मन्दीले लागु औषध दुब्र्यसनीको दरलाई अझ जटिल बनाउने खतरा रहेको छ ।”

युएनओडीसीद्वारा हालै जारी ‘वल्र्ड ड्रग रिपोर्ट’मा भनिएको छ, “सन् २०१९ मा करिब २६ करोड ९० लाख मानिसहरूले लागु औषध प्रयोग गर्ने गरेका भेटिएको छ, जुन सन् २००९ को भन्दा ३० प्रतिशत बढी हो । साथै लागु औषध सेवनका कारण तीन करोड ५० लाख भन्दा बढी मानिसको स्वास्थ्यमा समस्या हुने गरेको छ ।”

सन् २०१८ को रिपोट अनुसार संसारमा सबैभन्दा बढी प्रयोग भएको लागु औषध गाँजा हो । विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन् । गाँजाको दुब्यशनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।

गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागु औषधका रूपमा रहेको छ । 

सीमा नियन्त्रण र महामारीसँग सम्बन्धित अन्य प्रतिबन्धहरूले गर्दा सडकमा लागूपदार्थको अभाव भएको छ र मूल्य बढेको छ र शुद्धता घटेको रिपोर्टमा उल्लेख गरिएको छ । 

कोभिड–१९ को महामारीले लागु औषधहरूको बजारमा अभाव पनि देखिएको छ र यसको विकल्पमा ती पदार्थको सेवनकर्ताले सहजै पाइने रक्सी, बेन्जोडाइजेपाइन वा सिन्थेटिक औषधिहरू प्रयोग गर्नसक्ने बताइएको छ ।

महामारीको कारण हुने अवसरहरूले सबैभन्दा बढी गरिब जनसङ्ख्यालाई पार्ने र पैसा कमाउनको लागि उनीहरू लागूपदार्थको प्रयोग, लागुपदार्थको तस्करी र खेतीमा आकर्षण हुने बढी जोखिममा रहेको युएनओडीसीले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का