२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

२०७७, २० असार शनिबार ११:३१

असार २०, सोल (रासस/एएफपी)। उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताउनुभएको छ ।

दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताउनुभएको हो ।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आउनुभएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मङ्गलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गर्नुभएको थियो । उहाँले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महशुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ ।

“‘सपना देख्ने’ले ‘अक्टोबरको आश्चर्य’ का लागि आशावादी बनेका छन्,” उहाँले भन्नुभयो । यदि चोएले भन्नुभयो, “अमेरिकाले हामीसँग अझै वार्ताजस्ता बिषयबाट सहजै आफ्नो पक्षका लागि उपलब्धीमुलक हुन्छ भन्ने कुराको आशा गर्छ भने यो उसको भूल हुनेछ ।” अमेरिकाले उत्तर कोरियासँगको वार्ता आफ्नो राजनीतिक सङ्कट सम्हाल्नका लागि एक औजारकारूपमा प्रयोग गर्ने बाहेक अन्य केही नचाहेको बुझाई उत्तर कोरियाको रहेको उहाँले बताउनुभयो ।

यदि अमेरिकी राष्ट्रपतिले किमलाई भेटेका कारण आफु पुनः निर्वाचित हुने सम्भावना रहन्छ भने ट्रम्पले यसलाई स्वीकार्ने बोल्टनको भनाइसम्बन्धी समाचारहरू विभिन्न सञ्चारमाध्यममा आएका थिए ।

उत्तर कोरियाले बिस्तृत रणनीतिक समयतालीका तयार गरी वासिङटनसँगको दीर्घकालीन खतराको सामना गर्न तयार भइसकेको चोएले बताउनुभयो । ट्रम्प र किमबीच भियतनामको हनोईमा सन् २०१९ मा सम्पन्न हनोई सम्मेलनमा उत्तर कोरियामाथिका प्रतिबन्धलाई कम गर्ने कुरामा ट्रम्प सकारात्मक नदेखिएपछि प्योङयाङसँगको आणविक वार्ता अवरूद्ध बनेको उत्तरकोरियाली अधिकारीको बुझाइ रहेको छ ।

पछिल्ला केही समाचारहरूमा अमेरिकी उप विदेशमन्त्री स्टेफेन वेइगनले आगामी हप्ता उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्न सोल आउने उल्लेख भएको थियो । यद्यपि यसको पुष्टि दक्षिण कोरियाली विदेश मन्त्रालयले गरेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण