१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

२० असार २०७७, शनिबार ११:३१

असार २०, सोल (रासस/एएफपी)। उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताउनुभएको छ ।

दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताउनुभएको हो ।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आउनुभएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मङ्गलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गर्नुभएको थियो । उहाँले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महशुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ ।

“‘सपना देख्ने’ले ‘अक्टोबरको आश्चर्य’ का लागि आशावादी बनेका छन्,” उहाँले भन्नुभयो । यदि चोएले भन्नुभयो, “अमेरिकाले हामीसँग अझै वार्ताजस्ता बिषयबाट सहजै आफ्नो पक्षका लागि उपलब्धीमुलक हुन्छ भन्ने कुराको आशा गर्छ भने यो उसको भूल हुनेछ ।” अमेरिकाले उत्तर कोरियासँगको वार्ता आफ्नो राजनीतिक सङ्कट सम्हाल्नका लागि एक औजारकारूपमा प्रयोग गर्ने बाहेक अन्य केही नचाहेको बुझाई उत्तर कोरियाको रहेको उहाँले बताउनुभयो ।

यदि अमेरिकी राष्ट्रपतिले किमलाई भेटेका कारण आफु पुनः निर्वाचित हुने सम्भावना रहन्छ भने ट्रम्पले यसलाई स्वीकार्ने बोल्टनको भनाइसम्बन्धी समाचारहरू विभिन्न सञ्चारमाध्यममा आएका थिए ।

उत्तर कोरियाले बिस्तृत रणनीतिक समयतालीका तयार गरी वासिङटनसँगको दीर्घकालीन खतराको सामना गर्न तयार भइसकेको चोएले बताउनुभयो । ट्रम्प र किमबीच भियतनामको हनोईमा सन् २०१९ मा सम्पन्न हनोई सम्मेलनमा उत्तर कोरियामाथिका प्रतिबन्धलाई कम गर्ने कुरामा ट्रम्प सकारात्मक नदेखिएपछि प्योङयाङसँगको आणविक वार्ता अवरूद्ध बनेको उत्तरकोरियाली अधिकारीको बुझाइ रहेको छ ।

पछिल्ला केही समाचारहरूमा अमेरिकी उप विदेशमन्त्री स्टेफेन वेइगनले आगामी हप्ता उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्न सोल आउने उल्लेख भएको थियो । यद्यपि यसको पुष्टि दक्षिण कोरियाली विदेश मन्त्रालयले गरेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन