२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा संक्रमितको संख्या १६ लाख नाघ्यो, मृत्यु हुने ६४ हजार

२२ असार २०७७, सोमबार ०७:१४

असार २२, रियो डि जेनेरियो (रासस/एएनआई) । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ । गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो । 

गएको हप्ता दिन यता ब्राजिलमा कोरोना भााइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो संख्यामा संक्रमितहरु पनि थपिँदै गएका छन् । ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ । यहाँ संक्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।  

अमेरिकामा अहिलेसम्म यस संक्रमणबाट १ लाख २९ हजार ८०० जनाको ज्यान गएको छ । विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक संक्रमित हुन पुगेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ