२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

२२ असार २०७७, सोमबार ०७:१७

असार २२, तेहरान (रासस/एएफपी) । इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताउनुभयो ।

मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो । उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते भएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन् ।

सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन् । तर उक्त घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन । 

इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रुपमा निकै ठूलो क्षति भएको बताउनुभएको छ । 

उहाँले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताउनुभयो । नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो । टेलिभिजन फुटेजमा भने आगलागीका कारण सामान्य क्षति भएको देखाएको छ । तर यसअघि सार्वजनिक गरिएका तस्वीरहरुमा भने भवनमा निकै ठूलो क्षति भएको देखिएको छ । 

तेहरानले गत वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरु गरिने घोषणा गरेको थियो । सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएको थियो ।

इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो । तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ