२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो

२०७७, २३ असार मंगलवार ११:३२

असार २३, दुबई (रासस–एपी) | कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । 

पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो । 

दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यहाँको सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ । 

तर यसका लागि कोरोनाभाइरसको नियन्त्रण गर्नु संयुक्त अरब इमिरेट्स (युएई) का लागि फलामको च्यूरा चपाए सरह हुनेछ । युएईमा पनि कोरोनाभाइरसबाट संक्रमितहरु रहेका छन् र उनीहरुको उपचार जारी छ । 

मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ । 

“मेरो विचारमा यस्ता कार्यले मानिसमा दुबई घुम्न आत्मविश्वास बढाउँछ,” दुबईस्थित रोभ होटल्सका कर्पोरेट निर्देशक पल ब्रिजरले भन्नुभयो । “तैपनि मानिसमा विश्वास जागृत गराउन केही समय लाग्नेछ ।”

पर्यटकीय गन्तव्यका लागि दुबई पछिल्ला वर्षमा निकै प्रख्यात छ । यहाँका शासक शेख मोहम्मद बिन रसिद अल मख्तुमले दुबईलाई विश्वस्तरको आकर्षक शहर बनाउन कुनै कसर बाँकी राख्नु भएको छैन । 

विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटल जस्ता संरचना निर्माण गरिएको दुबईमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ । 

सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष यहाँ १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक भारत, साउदी अरेबिया, बेलायत, ओमान, चीन, रसिया र अमेरिकाबाट आएका थिए । 

दुबई घुम्न आउने पर्यटकहरुको औसत बसाई साढे तीन दिन रहेपनि पर्यटकका कारण यहाँका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दथे । शारजाह सहित छिमेकी मुलुकहरु इरान, कुवेत र साउदी अरेबियामा मदिरा सेवनमा प्रतिबन्ध भए पनि दुबईको अर्थतन्त्रको मुख्य आकर्षणमा मदिराको खुला बिक्री वितरण पनि हो । 

तर दुबईमा जोखिम भने यथावत् छ । दुबईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले कोरोनाभाइरसको जोखिम देखाउँदै हवाई उडान स्थगित गरेको छ । 

करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने ३२१ जनाको मृत्यु भएको छ । 

दुबई घुम्न चाहनेहरुका लागि प्रत्येक पर्यटकले गन्तव्यबाट उड्नु ९६ घण्टाअघि कोविड–१९ को परीक्षण गरेको हुनु पर्नेछ । अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ । स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न केही घण्टामै सम्भव हुने अधिकारीहरुले बताएका छन् । 

साथै, दुबई भ्रमण गर्न चाहनेहरुले कोविड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण