२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण

२४ असार २०७७, बुधबार ०८:३७

असार २४, वासिङ्टन (रासस/एएफपी)। मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लाग्नु भएको छ । सन् २०१८ मा निर्वाचित हुनुभएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लाग्नु भएको छ । 

राष्ट्रपति ओब्राडोरले यसअघि चुनावी प्रतिबद्धता बमोजिम विदेश भ्रमण गर्न अस्वीकार गरिआउनु भएको थियो । उहाँ वासिङ्टन भ्रमणमा आउँदा व्यवसायिक उडानको “इकोनोमी क्लास” प्रयोग गर्ने जानकारी दिइएको छ । 

कोरोनाभाइरसका कारण हाल संयुक्तराज्य अमेरिका र मेक्सिको दुबै ठूलो संकटमा छन् । खासगरी, दुई देशबीचको सीमाबाट आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम नरोकिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको आलोचना गरिरहनु भएको छ । 

साथै वर्तमान अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई रोक्न विवादास्पद पर्खाल निर्माण योजना बनाइरहेको छ, तर यसमा अमेरिकी समाज र राजनीतिक वृत्तमा सहमति जुटिसकेको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीलाई अपराधीको संज्ञा दिने गर्नु भएको छ ।

तर यसपटक मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण मुख्य रुपमा अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताको शुभारम्भका लागि हुन लागेको हो । यो सम्झौताले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्नेछ । 

राष्ट्रपति ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी गुमेको भन्दै नयाँ युएसएमसीए गर्नु भएको हो । भिन्न राजनीतिक विचारधारा भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधलाई मेक्सिकाली राष्ट्रपतिले सम्मान गर्नु भएको छ । मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्न चाहनेहरुलाई मेक्सिकोले बीचमै रोक्नुका साथै मेक्सिकोमा अलपत्र परेका नागरिकलाई रोजगारी उपलब्ध गराउने योजना अघि सार्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपतिसँग “शान्त” बैठक हुन लागेको जानकारी दिनु भएको छ । ट्रम्पले भन्नुभयो, “उहाँ निकै असल व्यक्ति हुनुहुन्छ । उहाँ मेरा मित्र हुनुहुन्छ । मेक्सिकोसँग हाम्रो निकै राम्रो, मित्रवत सम्बन्ध छ ।”

मेक्सिकोतर्फ प्रस्थान गर्नुअघि मंगलबार राष्ट्रपति ओब्राडोरले भन्नुभयो, “म अमेरिकासँग निकट सम्बन्ध यथावत राख्न चाहन्छु । यही नै हाम्रा लागि ठीक कुरा हो ।”

करिब ३० हजारको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीका कारण मेक्सिकोको अर्थतन्त्र यस वर्ष झण्डै ८.८ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । मेक्सिकाली अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन राष्ट्रपति ओब्राडोरले विशेष ध्यान दिनुहुने छ । 

त्रिपक्षीय यस सम्झौताको अर्को मुख्य मुलुक क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने वासिङ्टन भ्रमण रद्द गर्नु भएको छ । अमेरिकाका कतिपय हिस्पानिक समुदायका सांसदले भने मेक्सिकोका राष्ट्रपतिको अमेरिका भ्रमण उपयुक्त नभएको जनाएका छन् ।

मेक्सिकोमा जन्मिएकी सिकागो डेमोक्र्याट पार्टीकी प्रतिनिधि चुयी गार्सियाले चार वर्षसम्म राष्ट्रपति ट्रम्पले ल्याटिनो समुदायलाई गालीगलौज गर्नु भएको र अहिले आएर मेक्सिकोका राष्ट्रपतिसँग फोटो खिचाएर आफूहरुलाई देखाउन खोजेको टिप्पणी गर्नु भएको छ । 

उहाँले भन्नुभयो, ट्रम्पका नीतिहरुले आप्रवासी बालबालिकालाई ठूलो चोट पुगेको छ, निर्दोष मानिसलाई अनिश्चितकालसम्म थुनामा राखिएको छ र पूरै ल्याटिनो समुदायलाई आतंकित बनाइएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ