२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण

२०७७, २४ असार बुधबार ०८:३७

असार २४, वासिङ्टन (रासस/एएफपी)। मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लाग्नु भएको छ । सन् २०१८ मा निर्वाचित हुनुभएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लाग्नु भएको छ । 

राष्ट्रपति ओब्राडोरले यसअघि चुनावी प्रतिबद्धता बमोजिम विदेश भ्रमण गर्न अस्वीकार गरिआउनु भएको थियो । उहाँ वासिङ्टन भ्रमणमा आउँदा व्यवसायिक उडानको “इकोनोमी क्लास” प्रयोग गर्ने जानकारी दिइएको छ । 

कोरोनाभाइरसका कारण हाल संयुक्तराज्य अमेरिका र मेक्सिको दुबै ठूलो संकटमा छन् । खासगरी, दुई देशबीचको सीमाबाट आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम नरोकिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको आलोचना गरिरहनु भएको छ । 

साथै वर्तमान अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई रोक्न विवादास्पद पर्खाल निर्माण योजना बनाइरहेको छ, तर यसमा अमेरिकी समाज र राजनीतिक वृत्तमा सहमति जुटिसकेको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीलाई अपराधीको संज्ञा दिने गर्नु भएको छ ।

तर यसपटक मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण मुख्य रुपमा अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताको शुभारम्भका लागि हुन लागेको हो । यो सम्झौताले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्नेछ । 

राष्ट्रपति ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी गुमेको भन्दै नयाँ युएसएमसीए गर्नु भएको हो । भिन्न राजनीतिक विचारधारा भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधलाई मेक्सिकाली राष्ट्रपतिले सम्मान गर्नु भएको छ । मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्न चाहनेहरुलाई मेक्सिकोले बीचमै रोक्नुका साथै मेक्सिकोमा अलपत्र परेका नागरिकलाई रोजगारी उपलब्ध गराउने योजना अघि सार्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपतिसँग “शान्त” बैठक हुन लागेको जानकारी दिनु भएको छ । ट्रम्पले भन्नुभयो, “उहाँ निकै असल व्यक्ति हुनुहुन्छ । उहाँ मेरा मित्र हुनुहुन्छ । मेक्सिकोसँग हाम्रो निकै राम्रो, मित्रवत सम्बन्ध छ ।”

मेक्सिकोतर्फ प्रस्थान गर्नुअघि मंगलबार राष्ट्रपति ओब्राडोरले भन्नुभयो, “म अमेरिकासँग निकट सम्बन्ध यथावत राख्न चाहन्छु । यही नै हाम्रा लागि ठीक कुरा हो ।”

करिब ३० हजारको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीका कारण मेक्सिकोको अर्थतन्त्र यस वर्ष झण्डै ८.८ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । मेक्सिकाली अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन राष्ट्रपति ओब्राडोरले विशेष ध्यान दिनुहुने छ । 

त्रिपक्षीय यस सम्झौताको अर्को मुख्य मुलुक क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने वासिङ्टन भ्रमण रद्द गर्नु भएको छ । अमेरिकाका कतिपय हिस्पानिक समुदायका सांसदले भने मेक्सिकोका राष्ट्रपतिको अमेरिका भ्रमण उपयुक्त नभएको जनाएका छन् ।

मेक्सिकोमा जन्मिएकी सिकागो डेमोक्र्याट पार्टीकी प्रतिनिधि चुयी गार्सियाले चार वर्षसम्म राष्ट्रपति ट्रम्पले ल्याटिनो समुदायलाई गालीगलौज गर्नु भएको र अहिले आएर मेक्सिकोका राष्ट्रपतिसँग फोटो खिचाएर आफूहरुलाई देखाउन खोजेको टिप्पणी गर्नु भएको छ । 

उहाँले भन्नुभयो, ट्रम्पका नीतिहरुले आप्रवासी बालबालिकालाई ठूलो चोट पुगेको छ, निर्दोष मानिसलाई अनिश्चितकालसम्म थुनामा राखिएको छ र पूरै ल्याटिनो समुदायलाई आतंकित बनाइएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण