२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट चीनले आफ्ना नागरिक स्वदेश लैजाने, चारवटा विशेष उडान हुने

२४ असार २०७७, बुधबार ०९:५१

असार २४, काठमाडौं । चीनले नेपालमा अलपत्र परेका आफ्ना नागरिक फर्काउनका लागि चारवटा विशेष उडान गर्ने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले काठमाडौंमा अलपत्र परी स्वदेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा फर्काउने तयारी भएको जनाएको छ। 

पहिलो उडान काठमाडौंबाट छेन्दुका लागि जुलाई २४ मा हुन लागेको छ। पहिलो प्राथमिकतामा डिसेम्बरसम्म पर्यटन भिसामा नेपाल आएर रोकिएकाहरुलाई राखिएको छ। दूतावासले विच्याट मिनी-प्रोग्रामबाट तथ्यांक संकलन गरिरहेको छ।

दूतावासले ६५ वर्ष माथिका, १२ वर्षसम्मका बालबालिका, गम्भीर रोग भएका बिरामीहरु, अपांगता भएकाहरु, गर्भवती महिला तथा चीनमा आफन्तको मृत्यु भएका तथा गम्भीर विरामी भएका व्यक्तिको आफन्तलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ।

यसरी स्वदेश फर्कन चाहनेहरुले जानु अगाडि तोकिएका अस्पतालबाट कोरोना भाइरसको न्युक्लिक एसिड टेस्टको रिपोर्ट बुझाउनु पर्नेछ। नेगेटिभ नतिजा आएकालाई मात्र स्वदेश फर्काइने दूतावासले जनाएको छ।

स्वदेश फर्किने चिनियाँले हवाई भाडा तथा स्वास्थ्य परीक्षण शुल्क र होम आइसोलेसनको व्यवस्था आफैं गर्नु पर्नेछ। चीन पुगेपछि पनि त्यहाँको स्थानीय निकायबाट परीक्षण गराउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ