२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहारमा चट्याङ लागेर १२ को मृत्यु

२०७७, २५ असार बिहीबार ०६:३६

असार  २५, नयाँ दिल्ली (रासस/एएनआई) । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पुर्याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।

अघिल्लो हप्तासम्ममा यहाँ यस प्रकोपका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो । यसैबीच बिहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले सो घोषणा गर्नुभएको हो । 

उहाँले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको सूचना पाएको भन्दै मृतकका परिवारलाई सो सहयोग गर्ने बताउनुभएको हो । यहाँ पछिल्ला दिनहरुमा वर्षासँगै परेको चट्याङलले लागेर एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 

बिहारका मुख्यमन्त्री नितिश कुमारले गत हप्ता नै यस प्रकोपबाट ज्यान जाने परिवारका सदस्यहरुलाई आर्थिक सहयोगका रुपमा प्रत्येक परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।

पछिल्ला हप्ताहरुमा बिहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण