२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग, यस्तो छ आरोप

२०७७, २५ असार बिहीबार १६:४६

असार २५, सिड्नी | विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । 

अष्ट्रेलियाका सांसदहरुले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए । 

यस चिनियाँ एपमार्फत् चीन सरकारले अष्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै उनीहरुले टिकटक प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका हुन् ।  

अष्ट्रेलियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकलाई चिनियाँ सरकारले प्रयोग र दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो ।

त्यसैगरी लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि सामाजिक सञ्जाल मार्फत अष्ट्रेलियाका नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । 

तर सुचना चोरी भएको आरोपलाई टिकटक एपको कम्पनीले भने कुनै दुरुपयोग हुने सम्भावना नरहेको दावी गरेको छ । कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको  छ । 

यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो । 

भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने प्रबृत्ति बढेको छ । भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ