२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमित, पाँच लाख ६३ हजारको मृत्यु

२०७७, २७ असार शनिबार १०:२०

असार २७, वासिङ्टन (रासस/एएफपी)। विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको  शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस सङ्क्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

अमेरिकामा २४ घण्टामा ६३ हजार ६४३ सङ्क्रमित

विश्वमै सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै ६३ हजार ६४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । 

योसँगै अमेरिकामा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ३२ लाख ९१ हजार ७८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ सङ्क्रमित ७७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३६ हजार ६७१ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना सङ्क्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५२४ जनाको मृत्यु भएको छ ।

सङ्क्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी सङ्क्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६७४ व्यक्ति सङ्क्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १५२ जनाको मृत्यु भएको छ ।

त्यसपछि बढी सङ्क्रमण पुष्टि भएका मुलुकहरू, रूसमा (सङ्क्रमित सात लाख २० हजार ५४७ र मृत्यु ११ हजार २०५), पेरू (सङ्क्रमित तीन लाख १९ हजार ६४६ र मृत्यु ११ हजार ५००), चिली (सङ्क्रमित तीन लाख ९ हजार २७४ र मृत्यु छ हजार ७८१) र स्पेनमा (सङ्क्रमित तीन लाख ९८८ र मृत्यु २८ हजार ४०८) रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण