२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधिमा कटौती

२०७७, २७ असार शनिबार १०:२२

असार २७, वासिङ्टन (रासस/एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिनुभएको छ । ट्रम्पका पूर्व सल्लाहकार समेत रहनु भएका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो । 

एक पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले शनिबार समयावधि कटौतीको घोषणा गर्नुभएको हो । उहाँलाई आगामी मङ्गलबार जर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुन आदेश दिइएको थियो । 

 उहाँलाई अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोग पनि लगाइएको छ । तर राष्ट्रपति ट्रम्पले भने ६७ वर्षीय स्टोन पहिले नै धेरै पीडित भइसकेकाले जेल सजाय अवधि घटाउनु परेको बताउनुभएको छ । 

“रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन् । ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाएका छन्,”ट्रम्पले भन्नुभएको छ । 

राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनमाथि प्रतिशोषपूर्ण व्यवहार गरेको ट्रम्पको आरोप छ । तर विपक्षी डेमोक्र्यटिक पार्टीका नेताहरूले भने ट्रम्पको यस निर्णयको आलोचना गदैै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । 

सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका स्टोनले सन् १९९० को दशकमा ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गर्नुभएको थियो । त्यही पुरानो सम्वन्ध र चुनावका बेला सघाएकाले उहाँलाई राष्ट्रपति ट्रम्पले सल्लाहकारमा मनोनित गर्नुभएको थियो । तर अभियोग लागेपछि उहाँ सल्लाहकारबाट हट्नुभएको थियो । स्टोन सजाय पाउने ट्रम्पका तत्कालिन सल्लाहकारमध्ये छैटौँ सल्लाहकार हुनुहुन्छ । यसअघि ट्रम्पका अरु पाँच सल्लाहकारहरुले पनि सजाय पाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण