२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधिमा कटौती

२७ असार २०७७, शनिबार १०:२२

असार २७, वासिङ्टन (रासस/एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिनुभएको छ । ट्रम्पका पूर्व सल्लाहकार समेत रहनु भएका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो । 

एक पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत सुरु हुने समय पछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले शनिबार समयावधि कटौतीको घोषणा गर्नुभएको हो । उहाँलाई आगामी मङ्गलबार जर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुन आदेश दिइएको थियो । 

 उहाँलाई अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोग पनि लगाइएको छ । तर राष्ट्रपति ट्रम्पले भने ६७ वर्षीय स्टोन पहिले नै धेरै पीडित भइसकेकाले जेल सजाय अवधि घटाउनु परेको बताउनुभएको छ । 

“रोजर स्टोन रुसी छलकपटको सिकार भएका पीडित हुन् । ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाएका छन्,”ट्रम्पले भन्नुभएको छ । 

राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनमाथि प्रतिशोषपूर्ण व्यवहार गरेको ट्रम्पको आरोप छ । तर विपक्षी डेमोक्र्यटिक पार्टीका नेताहरूले भने ट्रम्पको यस निर्णयको आलोचना गदैै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । 

सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका स्टोनले सन् १९९० को दशकमा ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गर्नुभएको थियो । त्यही पुरानो सम्वन्ध र चुनावका बेला सघाएकाले उहाँलाई राष्ट्रपति ट्रम्पले सल्लाहकारमा मनोनित गर्नुभएको थियो । तर अभियोग लागेपछि उहाँ सल्लाहकारबाट हट्नुभएको थियो । स्टोन सजाय पाउने ट्रम्पका तत्कालिन सल्लाहकारमध्ये छैटौँ सल्लाहकार हुनुहुन्छ । यसअघि ट्रम्पका अरु पाँच सल्लाहकारहरुले पनि सजाय पाएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ