२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो पटक मास्क लगाए

२८ असार २०७७, आईतवार ०७:०५

असार २८, वासिङ्टन (रासस/एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा मास्कको प्रयोग गर्नुभएको छ । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउनु भएको हो । 

उहाँले यसअघि आफूले मास्क नलगाउने बताउनु भएको थियो भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गर्नु भएको थियो । गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आउनुभएको थियो । तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उहाँले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उहाँ शनिबार हेलिकोप्टर मार्फत् जानुभएको थियो । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उहाँले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिनुभएको थियो । 

उहाँ घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर रहेको सो अस्पतालमा जानु भएको हो । अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ