२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमिरेट्स एयरलाइन्सले कर्मचारी कटौती थाल्यो, ९ हजारको जागिर गुम्ने

२८ असार २०७७, आईतवार ०८:०८

असार २८, काठमाण्डौ । कोरोना महामारीका कारण हवाई यात्रुहरुको संख्यामा आएको कमी देखाउँदै इमिरेट्स एयरलाइन्सले ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागेको जनाएको छ। एयरलाइन्सका अध्यक्ष टम क्लार्कले  एयरलाइन्सबाट ९ हजार रोजगारी कटौती गर्ने तयारी गरिरहेको बताएका छन्।

विश्वकै सबैभन्दा ठूलो लामो दुरीको क्यारियर इमिरेट्समा कोभिड महामारीअघिसम्म ६० हजार कर्मचारी कार्यरत थिए। टम क्लार्सले एयरलाइन्सको १० प्रतिशत कर्मचारी कटौती भैसकेको बताए। 'अब हामी यो संख्या बढाएर १५ प्रतिसम्म सम्म पुर्याउँदैछौं।'- उनले भने।


विश्वभरकै एयरलाइन्स उद्योग कोरोना महामारीका कारण संकटमा परेको छ। एयरलाइन्सकाा सबै गतिविधिहरुमा नियन्त्रण तथा उडानहरु स्थगित भएका कारण विश्वका सबै एयरलाइन्सहरु कोरोनाको मारमा परेका हुन्। तर टिमले इमिरेट्स अरु एयरलाइन्स जस्तो गम्भीर अवस्थामा भने नरहेको समेत दावी गरे।  कम्पनी कोरोना अघि सबैभन्दा राम्रो अवस्थामा रहिरहेको भन्दै हालको अवस्थाले एयरलाइन्सको भविष्यमा असर पार्ने बताए।

कम्पनीले यसै हप्तामात्र कम्तीमा ७ सय पाइलटलाई यसबारे जानकारी गराएको बताएको छ। यस अनुसार एयरलाइन्समा आबद्ध ४५ सय पाइलटमा कम्तीमा पनि १२ सयले रोजगारी गुमाउने निश्चित छ। कम्पनीले बोइङमा भन्दा पनि एयरबस प्लेनहरु सम्बद्ध कामदारको रोजगारी कटौती लक्षित गरेको छ।

इमिरेट्सले सुपरजम्बो एयरबस ए३८० संचालन गर्दै आएको छ जसमा करिब ५ सय यात्रु क्षमता रहेको छ। यसैगरी उसले उडाउने बोइङ ७७७ मा भने त्यसभन्दा कम मात्र यात्रु अट्छन्। त्यसैले हालको अवस्थामा बोइङ जहाजमा यात्रु भर्न सजिलो हुने बताइएको छ।

यसै हप्तामात्र अमेरिकाको तीन ठूलामध्ये एक युनाइटेड एयरलाइन्सले पनि एयर ट्राभलमा आएको कमीका कारण ३६ हजार कामदार कटौती गर्नुपर्ने अवस्था आएको बताएको थियो। इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले विश्वभरका एयरलाइन्सबाट कम्तीमा पनि दश लाख रोजगारी गुम्ने बताएको छ। एसोसिएसनमा २९० एयरलाइन्स आबद्ध छन् जसले विश्वभरका एयरलाइन्सले कोरोनाका कारण ८४ अर्ब डलर गुमाउने समेत अनुमान गरेको छ। बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ