२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

२९ असार २०७७, सोमबार ०५:१६

असार २९, ब्रासिलिया (रासस/एएनआई) । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । 

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ । पछिल्लो २४ घण्टा यता मात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका छन् । त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

गएको शनिबारमात्र यहाँ ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार मात्र यहाँका करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ । 

ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो । उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।

रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ