२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुमति विना नै हज यात्राको लागि मक्का जानेलाई १० हजार साउदी रियाल जरीवाना

२९ असार २०७७, सोमबार ०५:३३

असार २९, काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या सीमित पारेको छ ।

साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ ।

गृह मन्त्रालयले सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न आग्रह गरेको छ । हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ । साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउने मानिसको संख्या १० हजारसम्ममा सीमित राख्ने निर्णय गरेको छ ।

इस्लामिक धारणा अनुसार हज इस्लामको पाँच स्तम्भमध्येको एक हो र प्रत्येक शारीरिकरुपमा सक्षम मानिसले आफ्नो जीवनमा एकपटक हजयात्रा गर्नुपर्छ । गत वर्ष २५ लाख मानिसले मक्का र मदिनाको यात्रा गरेका थिए । स्रोत : बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ