२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तिम परीक्षणका लागि तयार भयो कोरोना खोप, ३० हजार परीक्षण हुँदै

३१ असार २०७७, बुधबार ०८:५३

असार ३१, वासिङ्टन | अमेरिकामा परीक्षण गरिएको खोप अन्तिम परीक्षणका लागि तयार भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भने यो खुसीको खबर भएको बताए ।

नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डना इन्कले विकास गरेको प्रयोगात्मक खोप जुलाई २७ गतेबाट ३० हजार मानिसमा परीक्षण हुने भएको छ । कोभिड-१९ विरुद्धका लागि लाभदायक खोप हुने विश्वास गरिएको छ ।

मंगलबार अध्ययन रिपार्टको सार्वजनिकीकरणमा ४५ स्वय‌ंसेवकले खोपले रोग प्रतिरोधात्मक क्षमता बढाएको बताएका छन् ।

:: अमेरिकाको सान डिएगोस्थित एक प्रयोगशालाम कोरोनाविरुद्धको खोपबारे अनुसन्धान गर्दै एक वैज्ञानिक फाइल तस्बिर : रोयटर्स

अध्ययनलाई नेतृत्व गरेका काइजर पर्मानेन्ट वासिङ्टन रिसर्च इन्स्टिच्युट सियाटलकी डाक्टर लिसा ज्याक्सिनका अनुसार परीक्षणलाई अगाडि बढाउनका लागि यो महत्त्वपूर्ण उपलब्धि हो ।

खोपले काम गर्छ वा गर्दैन भनेर ग्यारेन्टी नभए पनि तर सरकारले यही वर्षको अन्तिमसम्म परिणाम ल्याउने विश्वास गरिएको छ ।

यो खोप महिनाको दुई डोज लाउनुपर्ने चिकित्सकले बताएका छन् । परीक्षण गर्दा यस खोपबाट साइड इफेक्ट नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् । परीक्षणमा सहभागी आधाभन्दा बढीमा ज्वरोजस्तै केही लक्षणहरु देखिएको थियो ।

अध्ययनका अनुसार केही लक्षण कोरोनासँग मिल्दाजुल्दा थिए । विश्वका विभिन्न देशमा कोरोना खोपहरु परीक्षणको दौरानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ