२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तिम परीक्षणका लागि तयार भयो कोरोना खोप, ३० हजार परीक्षण हुँदै

२०७७, ३१ असार बुधबार ०८:५३

असार ३१, वासिङ्टन | अमेरिकामा परीक्षण गरिएको खोप अन्तिम परीक्षणका लागि तयार भएको छ । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भने यो खुसीको खबर भएको बताए ।

नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डना इन्कले विकास गरेको प्रयोगात्मक खोप जुलाई २७ गतेबाट ३० हजार मानिसमा परीक्षण हुने भएको छ । कोभिड-१९ विरुद्धका लागि लाभदायक खोप हुने विश्वास गरिएको छ ।

मंगलबार अध्ययन रिपार्टको सार्वजनिकीकरणमा ४५ स्वय‌ंसेवकले खोपले रोग प्रतिरोधात्मक क्षमता बढाएको बताएका छन् ।

:: अमेरिकाको सान डिएगोस्थित एक प्रयोगशालाम कोरोनाविरुद्धको खोपबारे अनुसन्धान गर्दै एक वैज्ञानिक फाइल तस्बिर : रोयटर्स

अध्ययनलाई नेतृत्व गरेका काइजर पर्मानेन्ट वासिङ्टन रिसर्च इन्स्टिच्युट सियाटलकी डाक्टर लिसा ज्याक्सिनका अनुसार परीक्षणलाई अगाडि बढाउनका लागि यो महत्त्वपूर्ण उपलब्धि हो ।

खोपले काम गर्छ वा गर्दैन भनेर ग्यारेन्टी नभए पनि तर सरकारले यही वर्षको अन्तिमसम्म परिणाम ल्याउने विश्वास गरिएको छ ।

यो खोप महिनाको दुई डोज लाउनुपर्ने चिकित्सकले बताएका छन् । परीक्षण गर्दा यस खोपबाट साइड इफेक्ट नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् । परीक्षणमा सहभागी आधाभन्दा बढीमा ज्वरोजस्तै केही लक्षणहरु देखिएको थियो ।

अध्ययनका अनुसार केही लक्षण कोरोनासँग मिल्दाजुल्दा थिए । विश्वका विभिन्न देशमा कोरोना खोपहरु परीक्षणको दौरानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ