२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

२०७७, १ श्रावण बिहीबार ०७:२३

साउन १, गुवाहाटी । रासस/एएनआई । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन । 

बुधबार रातिसम्म बाढीमा परी आसामका ५९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । बाढी आउने क्रम जारी रहेको समाचारमा उल्लेख छ । गएको मंगलबारदेखि अविरल रुपमा पानी परिरहेको र बुधबार रातिसम्म ती व्यक्तिको निधन भएको समाचारमा जनाइएको छ । 

आसामका मात्र ३० जिल्ला बाढीबाट प्रभावित भएका छन् । बाढीमा परी ४५ लाख ४० हजार जनाभन्दा बढी मानिसहरु प्रभावित हुन पुगेको जनाइएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारी वर्षासँगै आएको बाढीमा परी आसाममा मात्रै लाखौँ मानिस घरबार बिहिन भएका छन् । 

ब्रह्मपुत्र र उसको सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ । त्यस राज्यमा ४२६ ओटा उद्धार शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ । 

ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ