१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

१ श्रावण २०७७, बिहीबार ०७:२३

साउन १, गुवाहाटी । रासस/एएनआई । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन । 

बुधबार रातिसम्म बाढीमा परी आसामका ५९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । बाढी आउने क्रम जारी रहेको समाचारमा उल्लेख छ । गएको मंगलबारदेखि अविरल रुपमा पानी परिरहेको र बुधबार रातिसम्म ती व्यक्तिको निधन भएको समाचारमा जनाइएको छ । 

आसामका मात्र ३० जिल्ला बाढीबाट प्रभावित भएका छन् । बाढीमा परी ४५ लाख ४० हजार जनाभन्दा बढी मानिसहरु प्रभावित हुन पुगेको जनाइएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारी वर्षासँगै आएको बाढीमा परी आसाममा मात्रै लाखौँ मानिस घरबार बिहिन भएका छन् । 

ब्रह्मपुत्र र उसको सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ । त्यस राज्यमा ४२६ ओटा उद्धार शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ । 

ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का