२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पमाथि गम्भीर मुद्दा, चुनाव हारे जेल जानसक्ने

१८ कार्तिक २०७७, मंगलवार १०:०८


कार्तिक १८, एजेन्सी | विश्वको नजर अहिले शक्तिराष्ट्र अमेरिकातिर छ | ३ नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावको लागि अहिले डेमोक्रेटिकको तर्फबाट जो बाइडेन र रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन् |

ट्रम्प यदि निर्वाचनमा पुनर्निर्वाचित हुन नसके उनले व्यक्तिगत रुपमा धेरै मुद्दाहरु झेल्नुपर्ने हुनसक्ने अधिकारीहरुले बताएका छन् | ट्रम्पको आत्मकथा लेखेका डेभिड जोनस्टोनले चेतावनी दिंदै भनेका छन् ‘एकपटक राष्ट्रपति पद छाडेपछि ट्रम्प जेल समेत जानुपर्ने हुनसक्छ ।’ 

‘ट्रम्पविरुद्ध गम्भिर अपराधको अभियोग छ । तर यस्तो हुन्छ वा हुँदैन भन्ने पूर्णत अनिश्चित छ’ एक अन्तर्वाताका क्रममा जोनस्टोनले भने | उनले एकपटक फेरि म्पमाथि लागेका आरोपहरुको छानविन गर्नुपर्ने बताए |

यसघि क्यार्लिफोर्नियाका एक सांसद्ले  ‘राष्ट्रपतिय अपराध नियोग’ गठन गरेर राष्ट्रपतिबारे छानविन गर्नुपर्ने बताएका थिए | म्यानहट्टन जिल्लास्थित महान्यायधिवक्ता कार्यालयले गरेको छानविनका क्रममा ट्रम्प अर्गनाइनेशनमा आर्थिक अनियमितता देखिएको छ । ट्रम्प कर, बैंक तथा बीमा ठगी, झुठो व्यापार रेकर्ड देखाउनेलगायत धेरै अपराधमा ट्रम्प दोषी भेटिन सक्ने अभियोजनकर्ताहरुले बताएका छन् | त्यस्तै उनले न्याय प्रवाहमा अवरोध समेत गरेको बताइएको छ | अमेरिकी चुनावमा भएको रुसी हस्तक्षेपबारे एफबिआईका पूर्व निर्देशक रोबर्ट मुलरको नेतृत्वमा भएको अनुसन्धानले दुई वर्ष लगाएर रिपोर्ट सार्वजनिक गरेको थियो | ट्रम्पले चुनावमा आर्थिक नियम उल्लंघन गरेको मुद्दा समेत लागेको छ | त्यस्तै पदको दुरुपयोग,संविधान उल्लंघन गरेको आरोप पनि लागेको छ |

त्यस्तै म्पविरुद्ध जनरल कासिम सुलेईमानीको हत्या अभियोगमा अन्तर्राष्ट्रिय आपराधिक अदालत(आईसीसी) मा मुद्दा दर्ता गर्ने योजना बनिरहेको ईरानले जनाएको भएपनि हालसम्म उक्त मुद्दा दर्ता भने भएको छैन | संयुक्त राष्ट्रसंघकै एक उच्च अधिकारीले सुलेईमानीमाथिको आक्रमणले अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएका थिए | ट्रम्पको आदेशमा अमेरिकी सेनाले ईरानी क्वाद सेनाका जनरल सुलेईमानीलाई ३ जनवरीमा ड्रोन आक्रमण गरेर हत्त्या गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर