२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पमाथि गम्भीर मुद्दा, चुनाव हारे जेल जानसक्ने

२०७७, १८ कार्तिक मंगलवार १०:०८


कार्तिक १८, एजेन्सी | विश्वको नजर अहिले शक्तिराष्ट्र अमेरिकातिर छ | ३ नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावको लागि अहिले डेमोक्रेटिकको तर्फबाट जो बाइडेन र रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा उत्रिएका छन् |

ट्रम्प यदि निर्वाचनमा पुनर्निर्वाचित हुन नसके उनले व्यक्तिगत रुपमा धेरै मुद्दाहरु झेल्नुपर्ने हुनसक्ने अधिकारीहरुले बताएका छन् | ट्रम्पको आत्मकथा लेखेका डेभिड जोनस्टोनले चेतावनी दिंदै भनेका छन् ‘एकपटक राष्ट्रपति पद छाडेपछि ट्रम्प जेल समेत जानुपर्ने हुनसक्छ ।’ 

‘ट्रम्पविरुद्ध गम्भिर अपराधको अभियोग छ । तर यस्तो हुन्छ वा हुँदैन भन्ने पूर्णत अनिश्चित छ’ एक अन्तर्वाताका क्रममा जोनस्टोनले भने | उनले एकपटक फेरि म्पमाथि लागेका आरोपहरुको छानविन गर्नुपर्ने बताए |

यसघि क्यार्लिफोर्नियाका एक सांसद्ले  ‘राष्ट्रपतिय अपराध नियोग’ गठन गरेर राष्ट्रपतिबारे छानविन गर्नुपर्ने बताएका थिए | म्यानहट्टन जिल्लास्थित महान्यायधिवक्ता कार्यालयले गरेको छानविनका क्रममा ट्रम्प अर्गनाइनेशनमा आर्थिक अनियमितता देखिएको छ । ट्रम्प कर, बैंक तथा बीमा ठगी, झुठो व्यापार रेकर्ड देखाउनेलगायत धेरै अपराधमा ट्रम्प दोषी भेटिन सक्ने अभियोजनकर्ताहरुले बताएका छन् | त्यस्तै उनले न्याय प्रवाहमा अवरोध समेत गरेको बताइएको छ | अमेरिकी चुनावमा भएको रुसी हस्तक्षेपबारे एफबिआईका पूर्व निर्देशक रोबर्ट मुलरको नेतृत्वमा भएको अनुसन्धानले दुई वर्ष लगाएर रिपोर्ट सार्वजनिक गरेको थियो | ट्रम्पले चुनावमा आर्थिक नियम उल्लंघन गरेको मुद्दा समेत लागेको छ | त्यस्तै पदको दुरुपयोग,संविधान उल्लंघन गरेको आरोप पनि लागेको छ |

त्यस्तै म्पविरुद्ध जनरल कासिम सुलेईमानीको हत्या अभियोगमा अन्तर्राष्ट्रिय आपराधिक अदालत(आईसीसी) मा मुद्दा दर्ता गर्ने योजना बनिरहेको ईरानले जनाएको भएपनि हालसम्म उक्त मुद्दा दर्ता भने भएको छैन | संयुक्त राष्ट्रसंघकै एक उच्च अधिकारीले सुलेईमानीमाथिको आक्रमणले अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएका थिए | ट्रम्पको आदेशमा अमेरिकी सेनाले ईरानी क्वाद सेनाका जनरल सुलेईमानीलाई ३ जनवरीमा ड्रोन आक्रमण गरेर हत्त्या गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण