२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामाथि कडा कदम चाल्ने चिनको चेतावनी

२० कार्तिक २०७७, बिहीबार ११:५७

कार्तिक २०, एजेन्सी | अमेरिकामाथि कडा कदम चाल्ने चेतावनी चिनले दिएको छ | चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले ताइवानको विषयलाई लिएर उक्त चेतावनी दिएका हुन् | अमेरिकाले ताइवानसँग ६० मिलियन डलरको सैन्य हतियार बेच्ने सम्झौता रद्द गरेन भने चीनले अमेरिकाविरुद्ध कडा कदम चाल्ने प्रवक्ता वांग वेबिनले बताएका छन् | 

अमेरिकाले ताइवानलाई ६० मिलियन डलरको सशस्त्र ड्रोन बेच्ने भन्दै सैन्य सम्झौता गरेको थियो | उक्त हतियार प्राप्त पश्चात ताइवानले आफ्नो सैन्य शक्ति र राजनीतिक स्थायित्व कायम गर्न सफल हुने बताएको छ | उक्त सम्झौताप्रति चिनले आपत्ति जनाउंदै आएको छ | चीनले धेरै पटक ताइवान कब्जा गर्ने समेत चेतावनी दिएको छ | 

ताइवान गृहयुद्धको क्रममा १९४९ मा चीनबाट  विभाजित भएको थियो | ताइवान चीनको एक हिस्सा भएको बताउंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले भने 'अमेरिकाले ताइवानसँगको सैनिक सम्झौता रद्द गर्नुपर्छ |' आफुहरु कुनैपनि विदेशी शक्तिको हस्तक्षेप नसहने उनको भनाइ छ | अमेरिकाले ताइवानसंगको सैन्य हतियार किन्ने सम्झौता रद्द नगरे अमेरिका र चिनबिचको सम्बन्ध थप बिग्रने समेत उनले बताए |

गत हप्ता मात्र अमेरिकाले ताइवानलाई २ सय ३७ करोड डलर पर्ने हार्पुन मिसाइल बेच्ने सहमति गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल