२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामाथि कडा कदम चाल्ने चिनको चेतावनी

२०७७, २० कार्तिक बिहीबार ११:५७

कार्तिक २०, एजेन्सी | अमेरिकामाथि कडा कदम चाल्ने चेतावनी चिनले दिएको छ | चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले ताइवानको विषयलाई लिएर उक्त चेतावनी दिएका हुन् | अमेरिकाले ताइवानसँग ६० मिलियन डलरको सैन्य हतियार बेच्ने सम्झौता रद्द गरेन भने चीनले अमेरिकाविरुद्ध कडा कदम चाल्ने प्रवक्ता वांग वेबिनले बताएका छन् | 

अमेरिकाले ताइवानलाई ६० मिलियन डलरको सशस्त्र ड्रोन बेच्ने भन्दै सैन्य सम्झौता गरेको थियो | उक्त हतियार प्राप्त पश्चात ताइवानले आफ्नो सैन्य शक्ति र राजनीतिक स्थायित्व कायम गर्न सफल हुने बताएको छ | उक्त सम्झौताप्रति चिनले आपत्ति जनाउंदै आएको छ | चीनले धेरै पटक ताइवान कब्जा गर्ने समेत चेतावनी दिएको छ | 

ताइवान गृहयुद्धको क्रममा १९४९ मा चीनबाट  विभाजित भएको थियो | ताइवान चीनको एक हिस्सा भएको बताउंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले भने 'अमेरिकाले ताइवानसँगको सैनिक सम्झौता रद्द गर्नुपर्छ |' आफुहरु कुनैपनि विदेशी शक्तिको हस्तक्षेप नसहने उनको भनाइ छ | अमेरिकाले ताइवानसंगको सैन्य हतियार किन्ने सम्झौता रद्द नगरे अमेरिका र चिनबिचको सम्बन्ध थप बिग्रने समेत उनले बताए |

गत हप्ता मात्र अमेरिकाले ताइवानलाई २ सय ३७ करोड डलर पर्ने हार्पुन मिसाइल बेच्ने सहमति गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण