२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति निर्वाचन : कहाँ कसको अग्रता ? यस्तो छ पछिल्लो अपडेट

२१ कार्तिक २०७७, शुक्रबार ०७:२६

कार्तिक २१, काठमाडौँ | अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा हाल सम्म मतगणना जारी रहेको छ | पछिल्लो मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ । 

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोटकासाथ पछ्याइरहेका छन् । ट्रम्पलाई बहुमतका लागि ५६ भोटको आवश्यकता छ । बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । 

राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई न्यायाधीशद्वारा अस्वीकार गरिएको छ | ट्रम्पले आफूले अग्रता लिएको तर मतान्तर कम भइरहेको महत्त्वपूर्ण राज्यमा मतगणना रोक्नुपर्ने भन्दै मुद्दा हालेका छन् | रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक हुने ठानिएका जोर्जिआ तथा पेन्सिल्भेनिया राज्यको मतगणनामा उनको अग्रता खुम्चँदै गएपछि चुनावमा धाँधली भएको आरोप लगाएका छन् | 

उनको डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनले भने संयमित रहन आग्रह गरेका छन्। उनले आफू विजेता हुनेमा विश्वस्त रहेको बताएका छन् | हाल पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखा परिसकेका छैनन् |

कहाँ कसको अग्रता ?

जोर्जिआ

राष्ट्रपति डोनल्ड ट्रम्पले अग्रता लिए पनि मतान्तर २,००० भन्दा कम रहेको छ | त्यहाँ १५,००० मत गन्न बाँकी छ | गन्न बाँकी मतहरू जो बाइडनको पक्षमा धेरै आउनसक्ने सम्भावना छ किनभने ती हुलाकमार्फत् शहरी मतदाताले पठाएका मत भएको बताइएको छ |

पेन्सिल्भेनिया

ट्रम्पले २६,००० मतले अग्रता लिएका छन् र त्यहाँ अझै ५५०,००० जति मत गन्न बाँकी छ | ती मतहरू सन् २०१६ निर्वाचनमा डेमोक्र्याट उम्मेदवारले जितेका काउन्टीहरूको रहेको बताइएको छ |

एरिजोना

बाइडनले ४६,००० मतले अग्रता लिएका छन् तर ट्र्म्पले मतान्तर कम गर्दै लगेका छन् | त्यहाँ ४७०,००० मत गन्न बाँकी रहेको बिहीवार बताइएको थियो | शुरूमा बाइडनले ठूलो अग्रता लिएपनि अहिले त्यो कम हुँदै गएको छ।

नेभाडा

बाइडनले १२,००० मतले अग्रता लिएका छन् तर अझै १९०,००० मत गन्न बाँकी छ | तीमध्ये धेरै मत लस भेगास रहेको क्लार्क काउन्टीको रहेको बताइएको छ | जोर्जिआ, पेन्सिल्भेनिया र एरिजोनाको अवस्था आज बेलुकीसम्म धेरै स्पष्ट हुने अनुमान गरिए पनि नेभाडाको अवस्था आज स्पष्ट नहुने बताइएको छ |-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक