२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति निर्वाचन : कहाँ कसको अग्रता ? यस्तो छ पछिल्लो अपडेट

२०७७, २१ कार्तिक शुक्रबार ०७:२६

कार्तिक २१, काठमाडौँ | अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा हाल सम्म मतगणना जारी रहेको छ | पछिल्लो मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ । 

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोटकासाथ पछ्याइरहेका छन् । ट्रम्पलाई बहुमतका लागि ५६ भोटको आवश्यकता छ । बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । 

राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई न्यायाधीशद्वारा अस्वीकार गरिएको छ | ट्रम्पले आफूले अग्रता लिएको तर मतान्तर कम भइरहेको महत्त्वपूर्ण राज्यमा मतगणना रोक्नुपर्ने भन्दै मुद्दा हालेका छन् | रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक हुने ठानिएका जोर्जिआ तथा पेन्सिल्भेनिया राज्यको मतगणनामा उनको अग्रता खुम्चँदै गएपछि चुनावमा धाँधली भएको आरोप लगाएका छन् | 

उनको डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनले भने संयमित रहन आग्रह गरेका छन्। उनले आफू विजेता हुनेमा विश्वस्त रहेको बताएका छन् | हाल पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखा परिसकेका छैनन् |

कहाँ कसको अग्रता ?

जोर्जिआ

राष्ट्रपति डोनल्ड ट्रम्पले अग्रता लिए पनि मतान्तर २,००० भन्दा कम रहेको छ | त्यहाँ १५,००० मत गन्न बाँकी छ | गन्न बाँकी मतहरू जो बाइडनको पक्षमा धेरै आउनसक्ने सम्भावना छ किनभने ती हुलाकमार्फत् शहरी मतदाताले पठाएका मत भएको बताइएको छ |

पेन्सिल्भेनिया

ट्रम्पले २६,००० मतले अग्रता लिएका छन् र त्यहाँ अझै ५५०,००० जति मत गन्न बाँकी छ | ती मतहरू सन् २०१६ निर्वाचनमा डेमोक्र्याट उम्मेदवारले जितेका काउन्टीहरूको रहेको बताइएको छ |

एरिजोना

बाइडनले ४६,००० मतले अग्रता लिएका छन् तर ट्र्म्पले मतान्तर कम गर्दै लगेका छन् | त्यहाँ ४७०,००० मत गन्न बाँकी रहेको बिहीवार बताइएको थियो | शुरूमा बाइडनले ठूलो अग्रता लिएपनि अहिले त्यो कम हुँदै गएको छ।

नेभाडा

बाइडनले १२,००० मतले अग्रता लिएका छन् तर अझै १९०,००० मत गन्न बाँकी छ | तीमध्ये धेरै मत लस भेगास रहेको क्लार्क काउन्टीको रहेको बताइएको छ | जोर्जिआ, पेन्सिल्भेनिया र एरिजोनाको अवस्था आज बेलुकीसम्म धेरै स्पष्ट हुने अनुमान गरिए पनि नेभाडाको अवस्था आज स्पष्ट नहुने बताइएको छ |-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह