२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी निर्वाचन २०२० : कहिले आउँछ अन्तिम मत परिणाम ?

२१ कार्तिक २०७७, शुक्रबार १०:२७

कार्तिक २१, वाशिङ्टन | नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावको अन्तिम नतिजाको पर्खाइमा यतिबेला विश्व नै छ | हाल सम्म ५० राज्य मधे ४४ राज्यको मात्र मतपरिणाम आएको छ | 

त्यस्तै मुख्य ६ वटा राज्यहरुको मतगणना भने जारी रहेको छ | डेमोक्रेटिक  पार्टीका उम्मेदवार जो बाइडेनले २६४  इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने,रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् |

अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ | यसअघि बाइडेनको अग्रता रहेको जर्जियामा अहिले डोनाल्ड ट्रम्प ६०० मतले अघि रहेका छन् |

 शुक्रबार नै जर्जियाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरिएको छ | त्यस्तै नेवाडामा बाइडेन ११ हजार मतले अघि रहेको छन्  | जहाँ ८९ प्रतिशत मतगणना सम्पन्‍न भइसकेको छ | 

पेन्सलभानियामा ट्रम्पले २० हजार मतले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै सयौं हजार मतहरु गणना गर्न बाँकी रहेको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् |

त्यस्तै एरिजोनामा अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी रहेको छ | बाइडन भने जित नजिक पुगेका छन् भने ट्रम्पभने राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना खुम्चिदै गएको छ | उनले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्‍नसमेत भनेका थिए |-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर