२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिले आउँछ कोरोना भ्याक्सिन ? यस्तो छ तयारी

२३ कार्तिक २०७७, आईतवार ११:५९

कार्तिक २३, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड-१९ ले संसार नै ठप्प बनेको छ | दिन प्रतिदिन यसको संक्रमण बढ्दै गएको छ भने मानिसहरुको मृत्युदर पनि बढिरहेको छ | विश्वका विभिन्न देशहरु कोरोनाको औषधिको खोजीमा लागिरहेका छन |

सोहि क्रममा एस्ट्राजेनेका फार्मासियुटिकल्स पनि कोरोना बिरुद्धको खोप निर्माणमा लागिरहेको छ | एंलो-स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ | परीक्षणको तेस्रो चरणमा पुगिसकेको उक्त खोपले कोरोनासंग लड्न सघाउने बताइएको छ | 

एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी आगामी डिसेम्बर अन्त्यसम्ममा तयार भइसक्ने समेत बताएका छन् | डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्ने एस्ट्राजेनेकाका सिइओ पास्कल सोरियटको भनाइ छ |

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार यो खोप पुनः लगाउन पर्ने हुनसक्ने अनुमान गरिएको छ | एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको भए पनि प्रत्यक्ष सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो |

एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले सम्झौता गरिसकेका छन् | उक्त खोप चिनमा समेत परिक्षण भइरहेको जनाइएको छ | त्यस्तै रुसमा तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ |

भारतीय बायोटेक, आइसिएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले पनि संयुक्त रूपमा खोप बनाइरहेको छ | अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ भने, जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको जनाइएको छ | -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल