२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा राष्ट्रपतिको चुनावलाई लिएर ट्रम्पको पार्टीभित्र मतभेद

२४ कार्तिक २०७७, सोमबार ०६:२७

कार्तिक २४, काठमाडौँ | मंगलबार भएको अमेरिकामा राष्ट्रपति चुनावको नतिजापछि राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीभित्र मतभेद देखिन थालेको छ | अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले डेमोक्रेट पार्टीका जो बाइडेनको जीतमा बधाई दिएका छन् |

उनले चुनाव निष्पक्ष भएको बताएका छन् | तर रिपब्लिकन पार्टीका केही ठूला नेताले अहिले पनि  राष्ट्रपति ट्रम्पको हार स्विकारेका छैनन | हाउस अफ रेप्रिजेन्टेटिव्समा पार्टीका नेता केविन म्याक्कार्थीले सुरुमा हरेक कानूनी चुनौतीमाथि विचार गर्नुपर्ने बताए |

त्यस्तै राष्ट्रपति ट्रम्पले मतदानमा धोका भएको बताउंदै चुनाव परिणामलाई चोरिएको बताएका छन् | राष्ट्रपति ट्रम्पले गरेको ट्वीटमा लेखेका छन्, ‘हामीलाई विश्वास छ कि उनीहरु चोर हुन् । यो एक चोरिएको चुनाव थियो ।’

 यद्यपि, ट्वीटरले उनको दाबीलाई ‘विवादित’भनेको छ | सन् २००० मा भएको चुनावमा जर्ज डब्ल्यू बुशको तर्फबाट फ्लोरिडामा पुनः मतगणनाका लागि कानूनी रणनीति बनाउने वकिल बेन गिन्सबर्गले अमेरिकी टिभी च्यानल सिबिएससँग भनेका छन्, ‘ट्रम्पले थोरै कुरेर, नतिजा हेर्नुपर्नेछ ।’ –बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर