साउन १६ , इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । 

उत्तरपश्चिम पाकिस्तान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६ , इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । 

उत्तरपश्चिम पाकिस्तान"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहको बस दुर्घटनामा २६ को मृत्यु

१६ श्रावण २०७३, आईतवार ०८:०५

साउन १६ , इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । 

उत्तरपश्चिम पाकिस्तानीको आदिवासी क्षेत्र खैबर प्रान्तका भएको यस दुर्घटनामा पहिला १५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । बाढीमा बेपत्ता भएकाहरुमध्ये थप ११ जनाको शव फेला परेपछि सो सङ्ख्या २६ पुगेको हो । 

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा विवाह समारोहका ३० पाहुना सवार रहेका यो गाडी बाढीमा पर्न गई बगाएको समा समाचार संस्थाले जानकारी दिएको थियो । 

सो दुर्घटनामा १८ बालबालिका छ महिला र दुई पुरुषको मृत्यु भएको जनाइएको छ । अन्य तीन पुरुष घाइते भएका र एक व्यक्ति अझै वेपत्ता रहेको जनाइएको छ । 

दुहला समूहको विवाह भोजमा सहभागि भएर बारा क्षेत्रबाट बजार जखाखेल क्षेत्रमा गइरेहेको सो गाडी बाढीको भेलमा पर्नगई दुर्घटनाग्रस्त भएको थियो । 

अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने यस प्रान्तमा भएको यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारजन र घाइतेलाई पकिस्तानी प्रधानमन्त्री नवाज सरिफले गहिरो दुःख र शोक प्रकट गर्नुभएको छ । 

त्यसैगरी प्रधानमन्त्रीले राष्ट्रिय प्रकोप व्यवस्थान निकाय (एनडीएमए)का अधिकारीलाई घाइतेहरुलाई प्रभावकारी उपचार गराउन लागि आदेश दिनुभएको छ । 

एनडीएमएका अनुसार पाकिस्तानमा जारी भारी वर्षाको कारण भएका छट्टाछुट्टै घटनामा यसै जुलाई महिनामा मात्र ५५ को मृत्यु हुनुको साथै ३५ घाइते भएका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार