न्याशनल काउन्टर टेररीजम से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

न्याशनल काउन्टर टेररीजम से"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे रक्षामन्त्री बर्खास्त

२५ कार्तिक २०७७, मंगलवार ०५:२१

कार्तिक २५, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पद बर्खास्त गरेका छन् | ट्रम्पले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट "बर्खास्त" गरिएको बताएका हुन् |पछिल्लो समय ट्रम्प र एस्परबीच  विवाद बढ्दै गएको थियो |

न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीसम्हाल्ने बताइएको छ। अमेरिकामा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् |

अमेरिकामा आगामी ज्यानुअरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने भएका हुन् | ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो |

केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएको बताइएको छ | एकजना अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा भएका प्रदर्शनहरूको अन्त्य गर्नका लागि सेना प्रयोग गर्ने धम्की ट्रम्पले दिएका थिए | तर गत जुन महिनामा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए |

यद्दपी सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने बताइएको  छैन |बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता