२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड-१९ विरूद्धको खोप ९० प्रतिशत प्रभावकारी

२५ कार्तिक २०७७, मंगलवार ०६:२०

कार्तिक २५, काठमाडौँ | विश्वभरी फैलिएको महामारी कोरोनाबिरुद्धको खोप औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको छ | प्रारम्भिक अध्ययन अनुसार उक्त खोप ९० प्रतिशत मानिसमा संक्रमण रोक्न प्रभावकारी बनेको हो |

उक्त सफलतालाई विज्ञान र मानवताका लागि महान् दिन भएको भन्दै आपतकालिन प्रयोग अनुमतिका लागि यसै महिनाको अन्त्यसम्म आवेदन दिने कम्पनीले जनाइएको छ | अनुमति मिलेमा कम्पनीले वर्षको अन्त्यसम्म ५ करोड मात्रा उत्पादन गर्न सकिने बताएको छ | उक्त खोपको मात्राले २ करोड ५० लाख मानिसलाई कोरोनाबाट जोगाउन सक्ने बताइएको छ |

कम्पनीका अनुसार आगामी वर्षसम्म १ अर्ब ६० करोड मात्रा खोप उत्पादन गर्न सकिने छ | हालसम्म  ६ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण खोपमा  कुनै जोखिम भने देखिएका छैन् | विश्वभरी परिक्षणको चरणमा दर्जनौ खोप भएपनि यो खोपलाई नतिजा मुखी र निकै उपलब्धि मानिएको छ |

शरिरको प्रतिरोधक क्षमता भाइरसविरूद्ध लड्न तयार होस् भन्नाका लागि यो खोपबाट मानिसको शरिरमा भाइरसको जेनेटिक कोड हालिनेछ | यो खोप तीन साताको अन्तरालमा दुईपटक लगाइन्छ |

हालसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणले खोप लगाइएको सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरूद्ध रक्षात्मक प्रणाली विकास भएको देखाएको छ |

यो खोपलाई शुन्य देखि ८० डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्ने छ | बायोनटेकका प्रोफेसर उगूर साहीनले परीक्षण नतिजा कोशेढुँगा भएको दाबि गरेका छन |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर