साउन १६नयाँदिल्ली । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६नयाँदिल्ली । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका "/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

चट्याङ परेर ४० को मृत्यु, ३५ घाइते

२०७३, १६ श्रावण आईतवार ११:०३

साउन १६नयाँदिल्ली । पूर्वी भारतको उडिसा राज्यमा व्यापक चट्याङ परेका कारण कम्तीमा ४० जनाको मृत्यु हुनाका साथै अन्य ३५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

चट्याङ परी एकै दिनमा उडिसा राज्यमा यति धेरै सङ्ख्यामा व्यक्तिहरुको मृत्यु भएको यो पहिलो पटक भएको सरकारी सञ्चार प्रशारण अल इन्डिया रेडियोले जनाएको छ । 

सम्बन्धित सरकारी पदाधिकारीका अनुसार खेतमा धान रोप्दा रोप्दै केही कृषकलाई एक्कासी परेको चट्याङले भेट्टाएको थियो । उडिसा राज्यमा अन्य दैवी प्रकोपका कारणभन्दा चट्याङले नै बढी धनजनको क्षति गराउने गरेको बताइन्छ । विगतका पाँच वर्षभित्र चट्याङ्कै कारण एक हजार पाँच सयभन्दा बढी नागरिकहरुको मृत्यु भएको पनि अल इन्डिया रेडियोले जानकारी दिएको छ । 

गत दुई महिनामा भारतभर विशेष गरी उत्तरी राज्यहरुमा चट्याङको प्रकोपका कारण मानिसहरुको मृत्यु भएको सङ्ख्यामा अस्वाभाविक रुपमा वृद्धि भएको छ । 

गत २२ जुनका दिन बिहार, झारखण्ड र उत्तरप्रदेशसमेत तीन राज्यमा रातभरी परेको चट्याङले कम्तीमा १०० जनाको ज्यान लिनुका साथै अन्य थुप्रै घाइते भएका थिए । 

भारतीय राष्ट्रिय अपराध अभिलेख केन्द्रका अनुसार सन् २००५ यता चट्याङका कारण प्रत्येक वर्ष कम्तीमा दुई हजार नागरिकको मृत्यु हुने गरेको छ । भारतमा जुनदेखि सेप्टेम्बर महिनासम्म मनसुन चल्नेगर्छ । 

यस अवधिमा पर्ने पानीले औसत वार्षिक वर्षाको ८० प्रतिशत अंश ओगट्ने गर्छ । यस मनसुनी वर्षाकालभरी कडा मेघ गर्जनु, भारी वर्षा हुनु र यसैबीचमा चट्याङ पर्नु सामान्य मानिन्छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण