२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र मेलानियाको सम्बन्ध बिच्छेद हुने दाबि,यस्तो छ मेलानियाको जवाफ

२०७७, २७ कार्तिक बिहीबार ०९:३६

कार्तिक २७, काठमाडौँ | केहि दिन अघि भएको अमेरिकाको राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्प पराजित भएसंगै राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियाको सम्बन्धलाई लिएर विभिन्न चर्चा र अनुमान गरिएको छ | उनीहरु दुईबीच सम्बन्ध बिच्छेद हुन सक्ने र त्यसका लागि प्रक्रिया सुरु भइरहेको बताइएको थियो |

डोनाल्ड ट्रम्पकी पुर्व राजनितिक सहयोगी ओमारोसा म्यानिगल्ट न्युमेनले  ट्रम्प र मेलानियाको १५ बर्ष पुरानो वैवाहिक सम्बन्ध अब समाप्त भइसकेको दावी गरेकी थिइन् | मेलानिया हरेक मिनेट गनिरहेको उनले बताएकी थिइन् । राष्ट्रपति ट्रम्प र मेलानियाबीचको सम्बन्धलाई लिएर पटक पटक नराम्रो हल्ला फैलिने गरिरहेको तर चुनावको नतिजा आएपछि यसको चर्चा अझ बढी हुन थालेको बताइएको छ |

ट्रम्प ह्वाइट हाउसबाट बाहिर आउने वित्तिक्कै मेलानियाले उनलाई पारपाचुके दिने ओमारोसा न्युमेनले दावी गरेकी छन् । ट्रम्पसँग बदला लिने अवसरको खोजमा मेलानिया रहेको उनले बताइन् । यसलाई लिएर मेलानियाकी प्रवक्त स्टेफनी ग्रिसमले भने ,ओमारोसा एकहोरो खनिरहनु मेलानियालाई दुखित तुल्याउने कुरा हो र आफनो अभिस्त पुरा गर्न यस प्रकारको प्रतिक्रिया दिइरहेकी छन् जबकी राष्ट्रपतिले उनलाई थप्रै अवसर दिएको थियो |

डोनाल्ड र मेलानियाको प्रेम सम्बन्ध 

डोनाल्ड ट्रम्प र मेलानियाबीचको प्रेम कहानी सन् १९९८ मा शुरु भएको हो । त्यतिबे डोनाल्ड ट्रम्प ५२ बर्षका थिए र मेलानिया २८ बर्षकी थिइन् । त्यतिबेला न्युयोर्कमा फेसन सप्ताह चलिरहेको थियो । यो कार्यक्रम समाप्त भएपछि टाइम्स स्क्वायरको किटक्याट क्लबमा एक पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा ट्रम्प र मेलानिया दुबै सहभागी भएका थिए । दुबैले एक अर्कालाई देखेपछि कुराकानीको क्रम शुरु भयो । सम्बन्ध गहिरिँदै गएपछि सन् २००४ मा ट्रम्ले मेलानियालाई १५ लाख डलरको हिराको औंठी लगाइदिएर विवाहका लागि प्रस्ताव गरे । त्यसपछि सन् २००५ जनवरी २२ मा ती दुईले विवाह गरेका थिए | एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस