२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुबेकी चिनियाँ युवतीलाई बचाउन नदीमा हाम फालेका बेलायती कूटनीतिज्ञको भिडिओ भाइरल

२०७७, २ मंसिर मंगलवार ०७:४४

मङ्सिर २, काठमाडौं (एजेन्सी)। बेलायत र चीनमा अहिले एउटा भिडिओ भाइरल भएको छ। उक्त भिडिओमा चिप्लिएर नदीमा डुबेकी एक जना युवतीलाई जोगाउन एक जना पुरूष नदीमा हाम फालेका छन्। 

घटना गत शनिबारको  हो। दक्षिण पश्चिम चीनको चोङछिङ सहरको नदीमा मानिसहरू घुमघाम गरिरहेका थिए। त्यही क्रममा एक जना २४ वर्षीया युवती ढुंगामा चिप्लिएर नदीमा खसिन्। उनी खसेको भन्दा अलिकति तल सानो पुल छ। उनी डुबेर त्यही पुलभन्दा तल पुगिन्। त्यतिञ्जेल उनलाई बचाउन कोही तयार भएनन्। केहीबेरमा एक जना पुरूषले जुत्ता फुकाले र नदीमा हाम फाले। 

बेलायती कूटनीतिज्ञ स्टेफन एलिसन। फाइल तस्बिर।

ती ६२ वर्षीय पुरुष चिनियाँ नागरिक थिएनन्। उनी त चोङछिङका लागि बेलायती महावाणिज्यदूत  स्टेफन एलिसन थिए। एलिसनले पौडेर ती युवतीलाई  समाते। अनि कसैले फालेको रातो बेल्टको सहाराले उनलाई नदीबाट बाहिर निकाले। त्यतिञ्जेल उनलाई अरूलाई पनि सहयोग गरेका थिए। 

एलिसनले आफ्नै ज्यानलाई जोखिममा राखेर गरेको यो उद्धारको त्यहाँ उपस्थितले भिडिओ खिचेका थिए। अहिले त्यही भिडिओ दुबै देशका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

We are all immensely proud of our Chongqing Consul General, Stephen Ellison, who dived into a river on Saturday to rescue a drowning student and swim her to safety. pic.twitter.com/OOgXqsK5oe

चिनियाँहरूले बेलायती कूटनीतिज्ञको उक्त साहसिक र मानवीय कामको तारिफ गरेका छन्। लन्डन र बेइजिङस्थित दुबै देशका कूटनीतिक नियोगले एलिसनलाई धन्यवाद दिएका छन्। बेलायतस्थित चिनियाँ राजदूत लिउ सियाओमिङले भनेका छन्- चोङछिङका लागि बेलायती महावाणिज्यदूत स्टेफन एलिसनलाई सलाम छ! उनको नाम चोङछिङमा मात्र होइन पुरै चीनभरि सम्झिइनेछ। उनको बहादुरी र दयालुपनबारे लामो समयसम्म चीन-बेलायत मित्रतामा उद्धरण गरिनेछ।

एलिसनले उद्धार गरेकी युवती अहिले निको भइरहेकी छन्। ती युवतीले एलिसनलाई धन्यवाद दिँदै अर्को साता आफ्नो घरमा खानाका लागि निम्तो दिएको बेलायती पत्रिका द गार्डियनले उल्लेख गरेको छ। बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लगाएपछि र बेलायतमा चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई फाइभ जी सेवामा प्रतिबन्ध गरिएपछि बेलायत-चीन सम्बन्ध चिसिएको छ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

https://twitter.com/i/status/1328309479595798530

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस